logo

महाअभियोग सिफारिस समितिमा चोलेन्द्रशम्शेर जबराले दिए यस्तो बयान, फेरि आइतबार बयान लिइने

    1386   पटक पढिएको

१६ भदौ/अर्थ र व्यापार – संसदको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग प्रस्तावदेखि बालुवाटार जग्गा प्रकरणसम्म सबै नालिबेली खुलाएर आफ्नो बयान दिएका छन ।
बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई पुनः आगामी आइतबारका लागि बोलाएको छ ।
राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको थियो । बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि राणालाई बिहीबारकालागि बोलाइएको थियो ।
यसअघि बुधबारको बयानमा पनि राणाले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे ? र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने गम्भिर प्रश्न गरेका थिए ।
यसैगरि, उनले बयानको क्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि समेत विभिन्न आरोप लगाएका छन् ।
महाअभियोग सिफारिस समितिमा दोस्रोदिन उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् ।
बिहीबार बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो ।
लामो जवाफ दिएका जबराले प्रक्रियागत जवाफ दिएका थिए । समितिका सदस्य मीन विश्वकर्माले घरिघरि समितिलाई नै प्रश्न गर्ने र उल्टै संसदलाई नै प्रश्न गर्ने शैलीमा जवरा प्रस्तुत भएको बताए ।
बिहीबार झण्डै २ घण्टासम्म चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको थियो । अहिले जबरामाथी समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये हालसम्म जम्मा ६ वटा प्रश्न सकिएको छ । बाँकी पश्न आगामी आइतबार र त्यसपछिका बैठकमा सोधिने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।