logo

गोरखपुरमा रहेको नेपालीको जग्गा मुद्दामा परराष्ट मन्त्रालय नै बाधक

फैसला कार्यान्वयन गर्न परराष्ट्र सचिवलाई पटक–पटक पत्राचार

    1324   पटक पढिएको

२ साउन / अर्थ र व्यापार- भारतको उत्तर प्रदेशमा रहेको नेपालीको पैतृक सम्पत्ति सम्बन्धि उच्च अदालत पाटनको गत चैत्र २ गते भएको फैसला / आदेशलाई परराष्ट्र मन्त्रलायले नै असहयोग गर्दा थप प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

स्थायी ठेगाना काठमाडौं नेपाल रहेका स्वर्गीय हर्क जंग थापाका नाममा उत्तर प्रदेश राज्य तहसिल सदर मौजा खोराबार (सुबाबजार ) गाटा संख्या २२४,२२२, ४१४ (ज), २२३, १९१ (क),४१३ क,४९६ क,४९७, ४९८,५५४, १२११ तथा जंगल अयोध्य प्रसाद गाटा ४०३ एवं जंगल सिकरी (खोरावार) गाटा संख्या १४१ क, ४६७, ६१२, १३८५, १४८८ परगना हवली जनपद, गोरखपुरमा रहेको जग्गाको सम्बन्धमा जग्गाधनीको मृत्यु पछि भारतमा नक्कली वारेसना वनाई जग्गा खरिद विक्रि हुन लागेको जानकारी भएपछि जग्गाधनी थापाका हकवाला जम्मा ८ जना को तर्फवाट बुहारी कविता देवि पाण्डेले प्रक्रिया सहजीकरण गरिदिन माग गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय समेत लाई विपक्षी बनाई रिट दायर गरेकी थिईन ।

उच्च अदालत पाटनको २०७८ चैत्र २ गतेको फैसलामा “भारतिय जग्गा प्रशासनले निर्धारण गरेको जग्गा पुर्जामा उल्लेखित पैतृक सम्पत्ति जग्गा जमिनको हक तथा स्वामित्वको सम्बन्धमा वारिशनामा लगायत आवश्यक प्रमाणित कागज जो जे गरिदिनुपर्ने हो, सम्बन्धित निकायमा पत्राचार गरिदिनु भनी भारतीय विदेश मन्त्रालयका नाममा पत्र जारी गरिदिनु भनी निर्देशन सहितको पत्र दिल्लिस्थित नेपाली राजदुतावासमा प्रेसित गर्न परराष्ट्र मन्त्रालयका नाममा परमादेश जारी हुने” उल्लेख छ ।

यस सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयले गत असार ८ गते उच्च अदालत पाटनको २०७८ चैत्र २ गते भएको फैसलालाई उल्लेख गर्दै “आदेश कार्यान्वयन गरी गराई सोको जानकारी पठाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौडेल र कन्सुलर सेवा विभागका नाउँमा समेत पत्र पठाएको छ ।

त्यसैगरी गत असार २७ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि फैसला/आदेश कार्यान्वयन सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले परराष्ट्र लाई लेखेको पत्रमा “ रिट निवेदक कविता देवि पाण्डे थापा को मुद्दामा उच्च अदालत पाटनवाट २०७८ चैत्र २ गते भएको आदेश कार्यान्वयन सम्बन्धि निवेदन परेको हुँदा उक्त आदेश कार्यान्वयन गरि सोको जानकारी यस कार्यालय र फैसला कार्यान्वयन निर्देशनालयलाई समेत गराईदिनुहुन आदेशानुसार अनुरोध छ” उल्लेख छ ।

फैसला कार्यान्वयन निर्देशनालय र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले समेत फैसला कार्यान्वयन गराउन पटक–पटक पत्राचार गरेपनि परराष्ट्र मन्त्रालय र मन्त्रलायका सचिव भरतराज पौडेलले असहयोग गरेको रिट निवेदकहरुले आरोप लगाएका छन । प्रधानमन्त्री कार्यालयले पठाएको पत्र समेत कार्यान्वयन नगर्नुका पछाडी परराष्ट्र सचिव अन्य के वा कसको प्रभाव वा मोहमा परेका हुन भन्ने आशंका लाई थप बल प्ुगेको छ । त्यसो त रिट निवेदकहरुले उच्च अदालतमा दिएको निवेदनमा परराष्ट्र सचिव पौडेलले आँफुहरु संग मोटो रकम मागको र दिन नसकिने वताउँदा प्रक्रिया अगाडी नबढाएको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।