logo

एनएमएको निर्वाचनका लागी निमानुरु शेर्पाको समूह घोषणा, महासचिवमा लम्साल

    2018   पटक पढिएको

२५ जेठ / अर्थ र व्यापार- आगामी जेठ २७ गते हुने नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि अध्यक्ष पदका उम्मेद्वार निमानुरु शेर्पा समूहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार अध्यक्षका प्रत्यासी शेर्पा र उनको समूह घोषणा गरिएको हो । अध्यक्षका उम्मेद्वार शेर्पा यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहिसकेका छन । उनी चोयु ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक तथा अल्टिच्युड एयर प्रा.लि.का अध्यक्ष समेत हुन ।

शेर्पा समुहको वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद पाण्डे, प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दिपेन्द्र पाण्डे (कपिल), महासचिवमा मोहन लम्साल, सचिवमा धन बहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार रहेका छन । त्यस्तै सदस्य पदका उम्मेद्वारहरुमा सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्र बहादुर लामा, रामचन्द्र धमला, नाम्गेल जाङबु शेर्पा, नुर्वु छिरिङ शेर्पा (लामा), पासाङ दावा शेर्पा, दिनेश तामाङ, दुर्गादेवी श्रेष्ठ, डोमा शेर्पा र निमा डोमा शेर्पा रहेका छन ।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी निमानुरु शेर्पाले नेपाल पर्वतारोहण संघका सदस्यहरुमा एकताको आवश्यकता औँल्याउदै आफ्नो टिम नेतृत्वमा आए पर्वतीय पर्यटनको प्रवद्र्धन र जलवायू परिर्वतन न्यूनिकरणमा उच्चतम भूमिका निर्वाह गर्ने बताए । त्यस्तै महासचिवका उम्मेद्वार मोहन लम्सालले आरोहीको इन्स्यूरेन्सको समस्या समाधान, अन्तर्राष्ट्रिय गाइडको मान्यता दिलाउनका लागि आफ्नो टिमले पहल गर्ने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।