logo

दुइदिने एचआर कार्निभल आयोजना हुने

    1710   पटक पढिएको

८जेठ / अर्थ र व्यापार- साउथवेष्टन स्टेट कलेज र साउथवेष्टन स्टेट कलेजका भुतपुर्व विद्यार्थीहरुको संगठन सेसनले दुइदिने एचआर कार्निभलको आयोजना गर्ने भएको छ । आगामी जेष्ठ १४ र २० गते गरि दुई चरणमा आयोजना गरिने सो कार्यक्रम वसुन्धरास्थित साउथवेष्टन स्टेट कलेजको प्रांगणमा आयोजना हुनेछ ।

शैक्षिक योग्यता पुरा गरेपनि विद्यार्थीहरुमा रोजगारी र पेशा छनोट गर्दा विभिन्न समस्याहरु हुने गरेकोले सहभागीहरुलाई रोजगारी छनोट गर्न तथा आबद्ध हुनका निम्ति आवश्यक हुने आधारभुत पक्षमा सबल बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । आफ्नो योग्यता र रुचि अनुसारको पेशा छनोट, विभिन्न संस्थाबिचको सहकार्य, अन्तर्वाताको माध्यमबाट योग्य सहभागिलाइ रोजगारिको अवसर दिने गरि कार्यक्रमको संरचना तयार गरिएको छ । कार्यक्रममा सहजकर्ता तथा प्रमुख वक्ताको रुपमा प्रयास राजोपाध्याय, समय खड्का र अनिल उपाध्ययाय उपस्थित हुनेछन ।

कार्यक्रम सम्बन्धि जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै सेसनकि अध्यक्ष मेधाविनी ढकालले यस कार्यक्रमबाट सम्पुर्ण सहभागिले आँफु योग्य रहेको क्षेत्र, पेशा तथा रोजगारी पहिल्याउन सक्ने तथा त्यसका निम्ति आँफुलाई तयार गर्न सक्ने गरि लाभान्वित हुने वताईन । आँफुलाइ सुहाउदो, आफू योग्य र सफल हुने पेशा छनोट हुन नसक्दा असफल हुनुपरेकोले यस किसिमको कार्यक्रम आवश्यक रहेको ढकालले वताईन । कार्यक्रममा सहभागीताका निम्ति सहभागीलाई प्रति व्यक्ति रुपैयाँ एक हजार शुल्क तोकिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।