logo

बैंकिङ कसुरको अभियोगमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

    1767   पटक पढिएको

९ फागुन/अर्थ र व्यापार– काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । बैंकिङ कसुरको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई केही दिन अघि नियन्त्रणमा लिएको हो ।
व्यवसायी सञ्जय अधिकारी र टंकशम्शेर जबराको चेक बाउन्स भएको उजुरीका आधारमा अहिले मदिरा डिलर कारोबारमा संलग्न अग्रवाललाई पक्राउ गरिएको हो । अधिकारीको ५० लाख रुपैयाँको र जबराको डेढकरोड रुपैयाँको चेक नसाटिएपछि उनीहरुले उजुरी गरेको प्रहरीको भनाई छ ।
यसअघि मदिरा व्यवसायी अग्रवालले एभरेष्ट, मेगा, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट बैंकबाट झन्डै ८० करोड रुपैयाँ भन्दाबढी ऋण लिएर फरार भएको समाचार बाहिरिएको थियो । आयात गरेको मदिरा बिक्री गरेर पनि पैसा तिर्न छाडेपछि बैंकहरुले अग्रवालको मदिरा विक्री गर्ने डिलर तथा पसल नै सिल गरेर आफ्नो ऋण उठाउने सूचना टाँसेका थिए ।
विभिन्न चारवटा बैंकबाट करोडौं रुपैयाँ ऋण लिएर र सो ऋण नतिरी परिवारका सदस्यसहित अग्रवाल गत २२ पुसमा भारत पुगेका थिए । त्यसपछि गत २७ माघमा काठमाडौं फर्किएका अग्रवालले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि अब आफ्नो सम्पत्ति बेचेर बैंक र अन्य सबै ऋणीहरुको ऋण तिर्ने बाचा गरेका थिए । अहिले अग्रवाललाई प्रहरीले चेक वाउन्सको अभियोगमा पक्राउ गरिएको भनेपछि अन्य ऋणीहरुले धमाधम प्रहरी गुहार्न थालेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।