logo

मदिरा कारोबारी अग्रवाल दाजुभाई कर्जा नतिरी फरार भएपछि मेगा बैंकले जग्गा लिलाम गर्ने प्रक्रिया अघि बढायो

    1688   पटक पढिएको

५ माघ /अर्थ र व्यापार–  काठमाडौँका धनाढ्य बर्गलाई विदेशी मदिराको स्वाद दिँदै आएका ग्रीनलाइन सेन्टरका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल फरार छन् । मेगा बैंकले कलंकीका विभिन्न जग्गा राखेर उनीहरूलाई २५ करोड कर्जा दिएको थियो । 
डिस्टिलरी खोल्न भन्दै विभिन्न समयमा दिएका कर्जाको व्याज नतिरेपछि मेगा बैंकले उनीहरूको धितो लिलाम गर्न लागेको हो । बैंकले बुधवार एक सूचना प्रकाशन गरी २० माघसम्म सम्पूर्ण कर्जा तिर्न समय दिएको छ । यदि समय भित्रको अवधिमा कर्जा नतिरेमा बैंकले लिलाम बोलपत्र १९ माघसम्म दिन सकिने र बोलपत्र २० माघमा खोलिने जनाएको छ । 

जसका कारण अहिले बैंकको कर्जा प्रणालीमा नै प्रश्न उब्जिएको छ ।  एउटा मदिरा पसलेलाई कसरी पत्याए बैंकहरूले बिनाधितो १ अर्ब रुपैयाँ किन दियो त भन्ने चासो सबैमा छ ।  कलंकी मालपोत कार्यालय अन्तर्गत रहेको जग्गा मेगा बैंकले लिलाम गर्ने भएको छ । बैंकले एलायन्स डिस्ट्रिब्युटर्स प्रालिको नाममा चार कित्ता १०३ वर्ग मिटर, १५७ वर्ग मिटर, २७८ वर्ग मिटर र १५८ वर्ग मिटरका जग्गा लिलाम गर्ने जनाएको छ । 
यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकले पनि अग्रवाल दाजुभाइले सञ्चालन गर्दै आएको ग्रिनलाइन सेन्टर दरबार मार्गमा ताला लगाएको थियो । इन्भेस्टमेन्ट बैंकले कर्जा तिर्न ताकेता गरेसँगै मेगा बैंकले पनि लिलामी प्रक्रिया अघि बढाएको छ । 

अग्रवाल दाजुभाइको मेगा, इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र एभरेस्ट बैंकको नाममा १ अर्बभन्दा बढी कर्जा तिर्न बाँकी छ । त्यस्तै विभिन्न व्यक्तिबाट मिटर ब्याजमा लिएको ऋणको कुनै रेकर्ड नै छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।