logo

राजश्व छलिमा संलग्न ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकाल सहित पाँचजना विरुद्ध झन्डै साढे २ अर्बको मुद्दा

    1372   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– राजस्व अनुसन्धान विभागले राजस्व छलिगरेको आरोपमा ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य अभियुक्त तथा आनसान ईन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल सहित पाँच जना विरुद्ध झन्डै साढे २ अर्ब रुपैयाँ विगोदावी सहित मुद्दा दायर गरेको छ । विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक ढकाल सहित पाँच जना विरुद्ध मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 
आनसानका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ, अडिट फर्मवाला राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठ सहित पाँच जना विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
शोभाकान्त ढकाल यसअघि नै बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा मुछिएका मुख्य व्यक्ति हुन् । विशेष अदालतको आदेशमा थुनामा परेका ढकाल अझै थुनामै छन । 
ढकालसहित पाँच जना विरुद्ध एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र सोही बरावरको जरिवाना गरि कुल २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र तीनवर्ष जेल संजायको माग दावीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । 
विभागका अनुसार उनीहरुले मूल्य अभिवृद्धिकर तर्फ ४२ करोड २६ लाख ७ हजार ३५१ रुपैयाँ, आयकर तर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ रुपैयाँ राजस्व छलेका थिए ।  
उनीहरुको सो फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु बनाएर कारोबार नै नभएको देखाई (कारोबार शुन्य देखाई) प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको पाईएको विभागको आरोप छ । 
विभागका अनुसार शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल एउटै परिवारका सदस्य तथा एउटै कम्पनीका सञ्चालक हुन । सोही कम्पनीको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठ विरुद्ध पनि राजस्व छलीको मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।