logo

एनआरएनए ओसेनिया संयोजकमा दिनेशराज जोशी बलियो उम्मेदवार  

    1576   पटक पढिएको

१७ असोज / अर्थ र व्यापार – अस्ट्रेलियाका सामाजिक अभियन्ता दिनेशराज जोशीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
लामो समयदेखि एनआरएनए अभियानमा सारथी बनेका जोशीले समाज र मुलुकका लागि केही गर्न सक्छु भन्ने उदेस्यका साथ ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन लागेको बताए । सबैलाई उच्च सम्मान गर्दै यस क्षेत्रमा केहि गर्न सक्षम छु भन्ने विश्वासकासाथ उमेदबार बन्न लागेको जोशीले बताए । 
एनआरएनए ओसेनिया संयोजकमा जोशी बलियो उम्मेदवार देखिएका छन ।  उनी अस्ट्रेलियामा नेपाली कांग्रेशका संस्थापक नेता पनि हुन । उनि तनहुका पुराना कांग्रेशी नेता गोबिन्दराज जोशीका छोरा हुन । ‘मेरो होइन हाम्रो अभियान’ भन्ने नाराका साथ एनआरएनएलाई साझा बनाउने उद्देस्यका साथ आफु यस पटक ओसेनियाको क्षेत्रीय संयोजकको दाबेदार प्रस्तुत गरेको जोशीको भनाइ छ । अष्ट्रेलिया र आसपासका क्षेत्रका विभिन्न सामाजिक र एनआरएनए अभियानमा सक्रिय उनी यस अघि आईसीसी सदस्य, एनआरएनए अष्ट्रेलियाका सल्लाहकारसहित विभिन्न पदमा ररेर काम गरिसकेका छन् । गत निर्वाचनमा पनि उमेदबार बनेका जोशी साथीभाईको असहयोगका कारण झीनो अन्तरले पराजित भएका थिए ।
‘स्वच्छ प्रतिस्पर्धा प्रजातन्त्रको सुन्दर पक्ष हो यसलाई आत्मसात गर्न सकेमा मात्र लोकतन्त्रको सच्चा अनुयायी बन्न सकिन्छ’  जोशीले आफ्नो उमेदबारीका विषयमा जानकारी गराए । ‘गत निर्वाचनमा जोड घटाउ मिल्न सकेन र त्यसलाई सहजै स्वीकारे तर यस पटक सबैको स्नेह र माया पाउने बिश्वास राखेको छु ।’जोशीले भने ।   
समाज र एनआरएन अभियानमा देखिएका पछिल्ला बिसंगती र बिकृतीलाई चिर्ने जोशीको लक्ष्य रहेको छ । राजनिती आफ्नो ठाउमा छ र हुन्छ तर, समाजिक संस्थामा नेतृत्वमा आएपछि यसको आवरणलाई फुकाल्न सक्नुपर्छ । पछिल्लो एनआरएनमा देखिएको समस्यानै यही हो ,उनले भने । पैसा र सीन्डीकेटले पद किन्ने स्पर्धामा केही साथिभाइ रहेपनि यस पटक अस्ट्रेलिया,न्युजिल्यान्ड र पुपवा न्युगीनीका साथीभाईले त्यसलाई परास्त गर्नुहुन्छ भन्ने आफ्नो विश्वास रहेको बताए । अस्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित जोशी देखेको कुरा बोल्ने स्पष्ट बक्ताको रुपमा चिनिन्छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।