logo

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा समस्या, मर्मत गर्न तीन साता लाग्ने

    1492   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार– २०७६ भदौ २४ गते देखि सञ्चालनमा आएको नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा समस्या देखिएको छ । 

अमलेखगञ्ज डिपोबाट झण्डै २० किलोमिटर पर पर्साको परवानीपुरमा रहेको भल्बमा रबरका टुक्रा जमेपछि पाईपलाईनमा समस्या आएको हो ।

पहिलोपटक मर्मत थालिएको छ । अमलेखगञ्ज डिपोबाट झण्डै २० किलोमिटर पर पर्साको परवानीपुरमा रहेको भल्बमा रबरका टुक्रा जमेको पाइएपछि मर्मत सुरु गरिएको 

नेपाल आयल निगमका प्रवक्ता बिनित मणि उपाध्यायले पेट्रोलियमको आपूर्ति फ्लो कम भएपछि गरिएको एक्सरेमा भल्बमा रबर जमेको देखिएको बताए । उनले पाइपलाइन निर्माणको क्रममा रबरको टुक्रा खसेको हुनसक्ने बताए । 

समस्या देखिएको भल्बबाट ६ सय मिटर वर परबाट बाइपास गरेर तेल आपूर्ति सहज बनाएर बुधबारदेखि पाइपलाइन मर्मत थालिएको 

उपाध्यायले फोहोर जमेको भल्बबाट ६ सय मिटर वर र परबाट बाइपास गरी अर्को पाइप जोडेर तेल आपूर्ति सुचारु गर्दै मुख्य पाइप मर्मत भइरहेकोे बताए । पाइपलाइन मर्मत गर्न तीन सातासम्म लाग्ने पनि उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।