logo

चोभार–सतुंगल खण्डका १४ हजार ७ सय कित्ता जग्गा रोक्का हुँदै

    2960   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-बाहिरी चक्रपथ निर्माण क्षेत्रमा पर्ने जग्गाप्राप्तिको प्रक्रिया बाहिरी चक्रपथ विकास आयोजनाले सुरु गर्ने भएको छ । पहिलो चरणअन्तर्गत चोभार–सतुंगल खण्डको ६ दशमलव ६ सय १८ किलोमिटर लम्बाइ क्षेत्रमा जेठ महिनाभित्रै अधिग्रहणमार्फत जग्गाप्राप्ति प्रक्रिया सुरु गर्न लागिएको आयोजना छ । त्यसका लागि सार्वजनिक सूचनामार्फत जग्गा रोक्का गर्ने काम केही दिनभित्रै हुँदै छ ।

 आयोजनाले सार्वजनिक गर्ने सूचनापछि उक्त क्षेत्रको ७ हजार ८ सय रोपनी जग्गा खरिद–बिक्री र पूर्वाधार निर्माणमा रोक लाग्नेछ । जग्गाको कित्ताकाट गर्न पाइने छैन । आयोजना कार्यालयले संकलन गरेको तथ्यांकअनुसार उक्त क्षेत्रमा अहिले कुल १४ हजार ७ सय कित्ता जग्गा रहेको छ ।

यसअघि १५ जेठमा आयोजनाको चोभार सतुंगल खण्डको निर्माण कार्य जग्गा एकीकरणको माध्यमबाट गर्ने गरी भौतिक विकास योजना स्वीकृत गरिएको सूचना प्रकाशित भइसकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ५ बमोजिम राजपत्रमार्फत नै चार किल्ला तोकिसकिएको छ । जग्गा अधिग्रहणपूर्वका प्रक्रिया करिब सम्पन्न भइसकेको छ । त्यस्तै, सहरी विकास मन्त्रालयले १३ वैशाखमा बाहिरी चक्रपथको सतुंगल–चोभार खण्डको विस्तृत आयोजना प्रतिवेदन गरेको थियो ।

जग्गाप्राप्तिका लागि अधिग्रहण प्रक्रियालाई सहज बनाउन आयोजना व्यवस्थापन पक्षले चोभारदेखि सतुंगलसम्मको बाहिर चक्रपट खण्डलाई ६ वटा ब्लकमा विभाजन गरिएको छ । तिनीहरूमा चोभार, भत्केको पाटी, मच्छेगाउँ, सतुंगल, गर्जुधारा, धवलागिरि आवास रहेका छन् । प्रत्येक ब्लकलाई १ किलोमिटरको औसतमा विभाजन गरिएको छ । नमुना आयोजनाका रूपमा कार्यान्वयन प्रक्रिया थालिएको यस खण्ड निर्माण गर्नका लागि ६ अर्ब ३० करोड रुपैयाँ अनुमानित लागत अनुमान गरिएको छ । ०६५ सालमा यस खण्डको लागत २ अर्ब ९ करोड रुपैंयाँ अनुमान गरिएको थियो ।

अधिग्रहणपछि जग्गा एकीकरण प्रक्रिया माध्यमद्वारा बाहिरी चक्रपथको अधिकार क्षेत्रका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था गरिनेछ । चक्रपथको दुवैतर्फको करिब २ सय ५० मिटर क्षेत्रमा योजनाबद्ध तथा व्यवस्थित सहरी विकास गरिने आयोजनाको विस्तृत आयोजना प्रतिवेदनमा पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।