logo

कावासोती नगरपालिकालाई एक अर्ब १० करोडको बजेट

    1823   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – कावासोती नगरपालिकाको चार दिन सम्म चलेको प्रथम नगरसभाले आर्थिक बर्ष २०७४/०७५ को नीति बजेट र कार्यक्रहरु स्वीकृत गरेको  छ  ।  सभाले स्वयम् सेविकाहरुका लागि मासिक चार सयमा रु ६०० सय बृद्धि गरी एक हजार  कायम  गरेको छ । मुसहर र माझीहरुका लागि नगर विपन्न आवास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

करमा अधिक योगदानः नागरिकको उच्च सम्मान, नगर समृद्धको नयाँ चरणः ब्यापक औद्यागिकिकरण, नगरमा सहकारीः  घरघरमा रोजगारी, नगरको पर्यटनः नगरको समृद्धि र पहिचानको साधन,स्वास्थ्य बिमा निशुल्क उपचारः स्वस्थ्य नागरिक जिम्मेवार नगर सरकार, आमा स्वास्थ्य कार्यक्रम  जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याइएको  छ  । यो नाराले नगरको विकासमा काम हुनेछ । 

मातृ मृत्यूको प्रमुख कारण रहेको बालबाविवाह अन्त्य गर्ने  कार्यक्रम नीति कार्यक्रममा छ  । गर्भवती तथा सुत्केरीलाई पोषण सहित आवश्यक सम्पूर्ण सेवा  निशुल्क र सहज ढङ्गले  उपलब्ध गराउन आमा स्वस्थ्य कार्यक्रम सञ्चालनमा ल्याइनेछ । प्रसुती सेवाको अभावमा आमाको ज्यान जान सक्ने अबस्थाको अन्त्य गरी प्रत्येक वडामा दक्ष स्वास्थ्यकर्मी सहितको प्रसुती केन्द्र को पनि स्थापना गरिने कार्यक्रम छ  । 

नगरपालिकामा पाँच बर्ष भित्रमा सर्पदंशको उपचार सहितको ५० शैयाको सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउनेछ । युवा स्वबलम्बन कार्यक्रम मार्फत बार्षिक ५ सय युवालाई स्वरोगार बनाउने नगरले कार्यक्रम तय गरेको छ  । पुराना चलनचल्तीमा रहेका तर लगत कट्टा नभएका बाटोहरुलाई यथास्थितिमा बाटो लगत कट्टा स्वीकृत दिइने नगर सभाले पारित गरेको छ ।

फोहोर व्यवस्थाका लागि  आधुनिक फोहोर व्यवस्थापन केन्द्र स्थापना,प्रदेश स्तरमा निर्माण हुने मेडिकल कलेज कावासोतीमा निर्माणका लागि प्रदेश सरकारसंग समन्वय गर्ने र त्यसका लागि जग्गा उलपब्ध गराउने निर्णय सभाले गरेको छ  ।  दुई वर्र्ष्भित्रमा कावासोती नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित  गर्न बालमैत्री स्थानीय शासन कार्यक्रम  सञ्चालनमा ल्याइउने नीति नगरसभाले  गरेको छ । 

ज्येष्ठ नागरिकको सुविधाका लागि दिवा सेवा केन्द्र, प्लटिङ्ग प्रयोजनका लागि कम्तीमा आठ मिटरबाटो ढल, बिजुली र पानीको ब्यवस्था र पाँच प्रतिशत खुल्ला क्षेत्र समेत ब्यवस्था गरेको छ  ।  नगर यायायात गुरु योजना   लाई  पुनरावलोकन गरी वडा नं. १७ लाई समेत समावेश गरेको छ ।

जसका आधारमा रिङ्गरोडको ब्यवस्था गरी नगरमा नगरबस सञ्चालन गर्ने  कार्यक्रम छ ।  बसपार्क, रंगशाला, सभागृह  पोखरी ताल पार्क, कर्भडहल  नारायणी नदी तटबन्धन केरुङ्ग खोला नियन्त्रण, मानव वन्यजन्तु  द्धन्द्ध नियन्त्रणका साथै उज्योलो कावासोती कार्यक्रम सञ्चालनमा ल्याएको  छ  ।  यस बर्ष वडा कार्यालयहरु निर्माण गर्नका ला िबजेट ब्यवस्था गरिएको  छ ।

कार्यपालिका सदस्य लक्ष्मीप्रसाद पौडेलले आर्थिक बर्ष २०७४/०७५  का लागि  एक अर्ब १० करोड  ६४ लाख ५५ हजार  बराबरको आय ब्यय प्रस्तुत गर्नु भयो  ।  प्रस्तुत नीति  कार्यक्रम र बजेट  अत्याधिक बहुमतले  पारित गरेको छ  ।  सभाले आन्तरिक आय रु १० करोड ६९ लाख ५५ हजार बाह्य र आय रु ९९ करोड ९५ लाख  बिनियोजित गरेको  छ  । 

ब्यय तर्फ चालु रु ६ करोड २९ लाख ८९ हजार  र पुँजीगत खर्च ९२ करोड  ३४ लाख ६६ हजार र सामाजिक सुरक्षा तर्फ रु १२ करोड रहेको  छ ।  नगर प्रमुख चन्द्रकुमारी पुनको अध्यक्षतामा भएको सभाले कावासोती नगरपालिकाको विनियोजन बिधेयक, आर्थिक बिधेयक   पारित गरेको  हो  । यी बिधयेक पारित संगैं नगरपालिकाको चालु आर्थिक बर्षको कार्यक्रम, राजश्वका दररेटहरु  कार्यन्वयनमा आउने छन्   । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।