logo

कावासोती नगरपालिकालाई एक अर्ब १० करोडको बजेट

    1727   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – कावासोती नगरपालिकाको चार दिन सम्म चलेको प्रथम नगरसभाले आर्थिक बर्ष २०७४/०७५ को नीति बजेट र कार्यक्रहरु स्वीकृत गरेको  छ  ।  सभाले स्वयम् सेविकाहरुका लागि मासिक चार सयमा रु ६०० सय बृद्धि गरी एक हजार  कायम  गरेको छ । मुसहर र माझीहरुका लागि नगर विपन्न आवास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

करमा अधिक योगदानः नागरिकको उच्च सम्मान, नगर समृद्धको नयाँ चरणः ब्यापक औद्यागिकिकरण, नगरमा सहकारीः  घरघरमा रोजगारी, नगरको पर्यटनः नगरको समृद्धि र पहिचानको साधन,स्वास्थ्य बिमा निशुल्क उपचारः स्वस्थ्य नागरिक जिम्मेवार नगर सरकार, आमा स्वास्थ्य कार्यक्रम  जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याइएको  छ  । यो नाराले नगरको विकासमा काम हुनेछ । 

मातृ मृत्यूको प्रमुख कारण रहेको बालबाविवाह अन्त्य गर्ने  कार्यक्रम नीति कार्यक्रममा छ  । गर्भवती तथा सुत्केरीलाई पोषण सहित आवश्यक सम्पूर्ण सेवा  निशुल्क र सहज ढङ्गले  उपलब्ध गराउन आमा स्वस्थ्य कार्यक्रम सञ्चालनमा ल्याइनेछ । प्रसुती सेवाको अभावमा आमाको ज्यान जान सक्ने अबस्थाको अन्त्य गरी प्रत्येक वडामा दक्ष स्वास्थ्यकर्मी सहितको प्रसुती केन्द्र को पनि स्थापना गरिने कार्यक्रम छ  । 

नगरपालिकामा पाँच बर्ष भित्रमा सर्पदंशको उपचार सहितको ५० शैयाको सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउनेछ । युवा स्वबलम्बन कार्यक्रम मार्फत बार्षिक ५ सय युवालाई स्वरोगार बनाउने नगरले कार्यक्रम तय गरेको छ  । पुराना चलनचल्तीमा रहेका तर लगत कट्टा नभएका बाटोहरुलाई यथास्थितिमा बाटो लगत कट्टा स्वीकृत दिइने नगर सभाले पारित गरेको छ ।

फोहोर व्यवस्थाका लागि  आधुनिक फोहोर व्यवस्थापन केन्द्र स्थापना,प्रदेश स्तरमा निर्माण हुने मेडिकल कलेज कावासोतीमा निर्माणका लागि प्रदेश सरकारसंग समन्वय गर्ने र त्यसका लागि जग्गा उलपब्ध गराउने निर्णय सभाले गरेको छ  ।  दुई वर्र्ष्भित्रमा कावासोती नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित  गर्न बालमैत्री स्थानीय शासन कार्यक्रम  सञ्चालनमा ल्याइउने नीति नगरसभाले  गरेको छ । 

ज्येष्ठ नागरिकको सुविधाका लागि दिवा सेवा केन्द्र, प्लटिङ्ग प्रयोजनका लागि कम्तीमा आठ मिटरबाटो ढल, बिजुली र पानीको ब्यवस्था र पाँच प्रतिशत खुल्ला क्षेत्र समेत ब्यवस्था गरेको छ  ।  नगर यायायात गुरु योजना   लाई  पुनरावलोकन गरी वडा नं. १७ लाई समेत समावेश गरेको छ ।

जसका आधारमा रिङ्गरोडको ब्यवस्था गरी नगरमा नगरबस सञ्चालन गर्ने  कार्यक्रम छ ।  बसपार्क, रंगशाला, सभागृह  पोखरी ताल पार्क, कर्भडहल  नारायणी नदी तटबन्धन केरुङ्ग खोला नियन्त्रण, मानव वन्यजन्तु  द्धन्द्ध नियन्त्रणका साथै उज्योलो कावासोती कार्यक्रम सञ्चालनमा ल्याएको  छ  ।  यस बर्ष वडा कार्यालयहरु निर्माण गर्नका ला िबजेट ब्यवस्था गरिएको  छ ।

कार्यपालिका सदस्य लक्ष्मीप्रसाद पौडेलले आर्थिक बर्ष २०७४/०७५  का लागि  एक अर्ब १० करोड  ६४ लाख ५५ हजार  बराबरको आय ब्यय प्रस्तुत गर्नु भयो  ।  प्रस्तुत नीति  कार्यक्रम र बजेट  अत्याधिक बहुमतले  पारित गरेको छ  ।  सभाले आन्तरिक आय रु १० करोड ६९ लाख ५५ हजार बाह्य र आय रु ९९ करोड ९५ लाख  बिनियोजित गरेको  छ  । 

ब्यय तर्फ चालु रु ६ करोड २९ लाख ८९ हजार  र पुँजीगत खर्च ९२ करोड  ३४ लाख ६६ हजार र सामाजिक सुरक्षा तर्फ रु १२ करोड रहेको  छ ।  नगर प्रमुख चन्द्रकुमारी पुनको अध्यक्षतामा भएको सभाले कावासोती नगरपालिकाको विनियोजन बिधेयक, आर्थिक बिधेयक   पारित गरेको  हो  । यी बिधयेक पारित संगैं नगरपालिकाको चालु आर्थिक बर्षको कार्यक्रम, राजश्वका दररेटहरु  कार्यन्वयनमा आउने छन्   । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।