logo

यती एयरलाइन्सले जेटस्ट्रिम सिरीजका सबै जहाज हटाउने 

    1623   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले दुई दशकदेखि संचालन गरिरहेको जेटस्ट्रिम सिरीजका सबै जहाज हटाउने भएको छ ।

कम्पनीले सन् २०२३ भित्रै जेटस्ट्रिम सिरीजका सबै जहाज प्रयोगमा नराख्ने गरी गृहकार्य गरिरहेको छ । हाल यतीसँग पाँचवटा जेटस्ट्रिम र पाँचवटा एटिआर–७२ जहाज छन् ।

यतीसँग भएको ब्रिटिस एरोस्पेसले चार दशकअघि उत्पादन सुरु गरेको जेट स्ट्रिम–४१०० सिरीजको प्रयोग विश्व उड्डयन क्षेत्रमै घट्दै गएको छ । साथै यो जहाजको स्पेयर पार्ट्स सहजै र सुपथ मूल्यमा पाउन पनि गाह्रो हुँदै गएको छ । यसले गर्दा ठूला जहाज ल्याउने तयारीमा यती जुटेको हो ।

कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले ठूला जहाजमार्फत आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले यतीले यही वर्ष (सन् २०२१) भित्र एटिआर–७२ सिरिजका र एउटा ट्विनअटर जहाज ल्याउने योजना रहेकोे बताए।

जेटस्ट्रिम सिरीजका जहाज बिक्री अथवा लिजमा नगए सन् २०२३ मा भने यो जहाज फेजआउट नै गर्ने योजना रहेको उनले जानकारी  दिए । उनले नागरिक उड्डयन प्राधिकरणको अनुमतिअनुसार जहाजको आयु थपेर उडान र लिज वा बिक्रीका लागि पनि प्रक्रिया अगाडि बढाउने बताए ।

हाल यतीसँग बाँकी पाँचमध्ये तीनवटा जेटस्ट्रिम ग्राउण्डेड छन् । ती पाँचमध्येकै तीनवटा जहाजको फ्लाइङ आवर भने एकदेखि तीन वर्षसम्म बाँकी रहेको बर्तौलाले जानकारी दिए ।

कोभिड–१९ का कारण हवाई यातायात पुरानै लयमा फर्कि नसकेकाले फुल प्लेजमा उडान हुन नसक्दा यतीको दुईवटा एटिरआर–७२ जहाज पनि ग्राउण्डेड छ ।

सात महिनाअगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाइसकेको यतीले नागरिक उड्डयन प्राधिकरणबाट भने अनुमति पाउने पक्रियामा छ ।

नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएलगत्तै दुईवटा इम्ब्रेअर जहाज ल्याएर भारत, म्यानमार, बंगलादेश, भुटान, श्रीलंका लगायतका मुलुकमा उडान सुरु गर्ने प्रवक्ता बर्तौलाले बताए ।

कम्पनीले गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बेस बनाएर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजना बनाएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।