logo

नेपालमा ठूला जलविद्युत् परियोजना निर्माणका क्षेत्रमा भियतनामका लगानीकर्ताको चासो

    1641   पटक पढिएको

६ पुस /अर्थ र व्यापार - नेपाल चेम्बर अफ कमर्सले भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने चासो व्यक्त गरेको जनाएको छ । भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलले त्यहाँका लगानीकर्तासँग गरेको भेटमा सो चासो ब्यक्त गरिएको हो । 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलले त्यहाँका लगानीकर्तासँग गरेको भेटमा नेपालमा जलविद्युत् क्षेत्रमा प्रचूर सम्भावना रहेकाले ठूला जलविद्युत् परियोजना निर्माण गर्ने चासो व्यक्त गरेको बताए ।

प्रतिनिधिमण्डल र भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामिलासम्बन्धी प्रमुख माइ अन्ह थाइबीच आज भएको भेटमा समेत पर्यटन विकास, पूर्वाधार विकास, बैंकिङ सहकार्य तथा व्यापारिक प्रतिनिधिमण्डलको आदान–प्रदानलगायत विषयमा छलफल भएको थियो ।

सो क्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम सम्बन्ध र दुइ–पक्षीय व्यापारको विषयमा धारणा राखेका थिए । नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न भन्दै चेम्बर प्रतिनिधिमण्डल साताव्यापी थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।