logo

अपर तामाकोशीको ११औं वार्षिक साधारणसभा आह्वान

    1558   पटक पढिएको

१३ जेठ /अर्थ र व्यापार - अपर तामाकोशीले असार ११ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको २०४औं सञ्चालक समितिको बैठकले सर्वसाधारण समुहबाट चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सहित ११औं साधारणसभाको मिति तय गरेको हो । 

कम्पनीले गत वर्ष सर्वसाधारण समुह तर्फको शेयर निष्काशन गरेको थियो । विभिन्न चरणको शेयर निष्काशन सम्पन्न भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालु आर्थिक वर्ष २०७५र७६ को लागि लेखपरीक्षक नियुक्त गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका विभिन्न सामाजिक संस्थाहरुलाई प्रदान गरिएको आर्थिक सहियोग बापतको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ २० गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउने छन् ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।