logo

युनिभर्सल पावर कम्पनीद्वारा प्राथमिक शेयर बिक्रिको समय फागुन २६ गते सम्म थप 

    1116   पटक पढिएको

२ फागुन /अर्थ र व्यापार - युनिभर्सल पावर कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर बिक्रिको समय थप गरेको छ । तोकिएको समयमा बिक्री नभएपछि कम्पनीले आवेदन दिने समय थप हो । गत शुक्रबारदेखि निष्काशन गरिएको  प्राथमिक शेयर माघ २९ सम्म बिक्री नभएपछि फागुन २६ गते सम्म आवेदन दिने म्याद थप गरिएको हो । बिहिबार सम्मको आबेदन अनुसार करिब चार लाख कित्ता शेयर बिक्री हुँन बाँकी छ ।

पछिल्लो अवधिमा  ८२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ।बिहिबार सम्म ९४ हजार ५५८ आवेदकबाट ८२ लाख ८५ हजार ५४० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।कम्पनीले गत शुक्रबारदेखि ९३ लाख २७ हजार ४१० कित्ता प्राथमिक शेयर खुल्ला गरेको थियो । 

कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ।जसमा स्थानीयले खरिद नगरेको १७ लाख ६६ हजार १५० कित्ता शेयरसमेत समावेश छ । कम्पनीले स्थानीय आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लावासीका लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्छन् । कम्पनीले पहिलो चरणमा सबै शेयर बिक्रि नभएपछि दोस्रो फागुन २६ गते सम्म आवेदन खुला गर्ने जनाएको छ । तोकिएको मिति अगाबै शेयर बिक्री भए आवेदन बन्द हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।