logo

युनिभर्सल पावर कम्पनीको साधारण शेयरमा ८२ करोड रुपैयाँ बराबरको आवेदन 

    1671   पटक पढिएको

२ फागुन /अर्थ र व्यापार - युनिभर्सल पावर कम्पनीको साधारण शेयरमा फागुन १ गते बुधबारसम्म साढे ८२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माघ २५ गतेदेखि ८६ करोड ७४ लाख रुपैयाँको आईपिओ निष्काशन गरेको थियो । हाईड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबारसम्ममा साढे ८२ करोडरुपैयाँ बराबरको आवेदन परेको छ । करिब ९३ हजार ३०० जना आवेदकबाट सो बराबरको शेयर माग भएको हो । 

कम्पनीको शेयर अब ४ करोड रुपैयाँ बराबरको बिक्री हुन बाँकी रहेको छ । बिहीबार सो शेयर बिक्री भएको खण्डमा बिक्री प्रबन्धकले शुक्रबार सार्वजनिक सूचना गरेर शेयर निष्काशन बन्द गर्नेछ । इच्छुक लगानीकर्ताले कम्पनीको आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सिआश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग दिएको छ ।

युनिभर्सल पावरले माघ २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुबाट अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।
दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ ।

कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।