logo

नेपाल धितोपत्र बोर्डद्वारा युनाइटेड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान 

    1414   पटक पढिएको

९ असार / अर्थ र व्यापार - युनाइटेड इन्स्योरेन्सले चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनीको हालको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड रुपैयाँ पुग्ने छ । बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुँजी जुटाउन कम्पनीले एकै पटक २४० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले चार वर्ष अगाडी १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। समितिले दुई वर्षअघि एक अर्ब रुपैयाँ जुटाउन निर्देशन दिएको थियो । पूँजी जुटाउने म्याद एक वर्ष वितिसक्दा पनि पूँजी नजुटाएको कम्पनीले आफ्ना शेयरधनीहरुलाई एकै पटक हकप्रदको भार बोकाएर पूँजी जुटाउने भएको हो ।

एक वर्ष अघिसम्म जगेडा कोष ऋणात्मक रहदै आएकोमा हाल धनात्मक छ । बल्ल जगेडा धनात्मक हुन थालेको कम्पनीले आगामी वर्षदेखि मात्रै लाभांस दिन सक्ने छ । हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा ‘केयर एनपि आइपिओ ग्रेड चार’ पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।