logo

युनियन हाइड्रोपावरद्वारा चैत्र १३ गते देखि साधारण शेयर निष्कासन गरिने

    1664   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार - युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको चैत १३ देखि साधारण शेयर (आईपिओ) जारी हुने भएको छ । कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । सामूहिक लगानी कोषहरुले खरिद नगरेपश्चात बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आईपिओ छिटोमा चैत १७ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा बैशाख १२ गतसम्म खुला रहनेछ । इच्छुकले लगानीकर्ताले मेरो शेयर सफुटवेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ ।

कम्पनीले सर्वसाधारणमा २९ लाख १२ हजार ५५० कित्ता शेयर निष्काशन गरेकोमा गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि निष्काशन गरेको ७ लाख ५० हजार कित्तामध्ये ६ लाख २१ हजार ७९० कित्ता बिक्री नभएपश्चात सो शेयर समेत सर्वसाधारणमा थपिएको हो । इक्रा नेपालले कम्पनीको आईपिओलाई ‘इक्रा एनपी आईपिओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ ।

धितोपत्र बोर्डले सबैभन्दा खराब ५ ग्रेड पाउने कम्पनीलाई आईपिओ निश्कासनमा रोक लगाउने नयाँ व्यवस्था गरे यसअघि नै कम्पनीले स्थानीय बासिन्दालाई आईपिओ जारी गरिसकेकाले यस कम्पनीले आईपिओ जारी गर्ने अनुमति पाएको हो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।