logo

फागुनको दोस्रो सातामा युनियन हाइड्रो पावरद्वारा साधारण सेयर बिक्री खुल्ला गर्ने

    1028   पटक पढिएको

२ फागुन /अर्थ र व्यापार - युनियन हाइड्रो पावर कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । यही फागुनको दोस्रो सातामा शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

बिक्री गर्न लागिएको मध्ये २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार ५ सय ५० कित्ता सर्वसाधारणको लागि बिक्री गरिनेछ । यस्तै बाँकी रहेको ६ करोड २१ लाख बराबरको ६ लाख २१ हजार ७ सय ९० कित्ता सेयर भने स्थानीयले नकिनेका कारण सो समेत बिक्री गरिनेछ । कम्पनीले लमजुङमा ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये आवेदन भरेका २ लाख ४७ हजार २ सय १० कित्ता सेयर स्थानीयमा बाँडफाँड भइसकेको छ । सो कम्पनीको साधारण सेयर लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।