logo

आयल निगम प्रमुखको जिम्मेवारी सुशील भट्टराईलाई ,

    1354   पटक पढिएको

 

 

कात्तिक १४ / अर्थ र व्यापार - आयल निगमका विवादित प्रबन्ध निर्देशक गोपाल खड्कालाई मन्त्रालय झिकाएपछि निगमको कायममुकायम प्रबन्ध निर्देशकमा सुशील भट्टराईलाई जिम्मेवारी दिइएको सचिव देवकोटाले जानकारी दिए ।

भट्टराई १०औँ तहमा कार्यरत निमित्त नायब प्रबन्ध निर्देशक हुन् । वरिष्ठताका आधारमा भट्टराईलाई निगमको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । उनीसँग निगमको सबैभन्दा ठूलो अमलेगखन्ज डिपो र काठमाडौंस्थित हवाई इन्धन डिपो प्रमुख भएर काम गरेको अनुभव छ । इन्जिनियरिङ क्षेत्रका भट्टराई पेट्रोलियम क्षेत्रमा जानकार मानिन्छन् । निगमको इन्जिनियरिङ र वितरण विभाग सम्हालिसकेका उनी भारतीय आयल कर्पोरेसन (आइओसी) सँग इन्धन खरिद सम्झौता गर्दा मुख्य सदस्य रहने गरेका छन् ।

उनी अन्तर्रा्ष्ट्रिय पेट्रोलियम व्यापारबारे जानकारी राख्छन् । उनी मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको नेपालतर्फका संयोजकसमेत रहेका छन् । मन्त्रालयले यसअघि गोपाल खड्कालाई बर्खास्त गरेपछि उपसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी तोकेको थियो । यसपटक चाहिँ भट्टराईको क्षमतालाई बुझेर जिम्मेवारी दिएको सचिव देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।