logo

आयल निगम प्रमुखको जिम्मेवारी सुशील भट्टराईलाई ,

    1652   पटक पढिएको

 

 

कात्तिक १४ / अर्थ र व्यापार - आयल निगमका विवादित प्रबन्ध निर्देशक गोपाल खड्कालाई मन्त्रालय झिकाएपछि निगमको कायममुकायम प्रबन्ध निर्देशकमा सुशील भट्टराईलाई जिम्मेवारी दिइएको सचिव देवकोटाले जानकारी दिए ।

भट्टराई १०औँ तहमा कार्यरत निमित्त नायब प्रबन्ध निर्देशक हुन् । वरिष्ठताका आधारमा भट्टराईलाई निगमको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । उनीसँग निगमको सबैभन्दा ठूलो अमलेगखन्ज डिपो र काठमाडौंस्थित हवाई इन्धन डिपो प्रमुख भएर काम गरेको अनुभव छ । इन्जिनियरिङ क्षेत्रका भट्टराई पेट्रोलियम क्षेत्रमा जानकार मानिन्छन् । निगमको इन्जिनियरिङ र वितरण विभाग सम्हालिसकेका उनी भारतीय आयल कर्पोरेसन (आइओसी) सँग इन्धन खरिद सम्झौता गर्दा मुख्य सदस्य रहने गरेका छन् ।

उनी अन्तर्रा्ष्ट्रिय पेट्रोलियम व्यापारबारे जानकारी राख्छन् । उनी मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको नेपालतर्फका संयोजकसमेत रहेका छन् । मन्त्रालयले यसअघि गोपाल खड्कालाई बर्खास्त गरेपछि उपसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी तोकेको थियो । यसपटक चाहिँ भट्टराईको क्षमतालाई बुझेर जिम्मेवारी दिएको सचिव देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।