logo

बीमा समितिको एक्चुरीद्वारा सुर्या लाइफको एक्चुरी स्वीकृत

    2012   पटक पढिएको

२८ चैत्र /अर्थ र व्यापार - सुर्या लाइफको एक्चुरीलाई बीमा समितिको एक्चुरीले स्वीकृत गरेको छ । अहिले विभिन्न नौ वटा बीमा कम्पनीहरुले बीमा समितिमा अघिल्ला आर्थिक वर्षको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृतका लागि पेश परेका छन् ।
समितिले सूर्य लाइफको एक्चुरी भ्यालुएसने रिपोर्ट बोर्डमा पठाएको छ भने अन्य आठ वटा कम्पनीको रिपोर्ट अध्ययनको क्रममा रहेको छ । बाँकी रहेका रिपोर्टको एक्चुरी भ्यालुएसका लागि भारतमा पठाउने तयारी गरेको छ ।

समितिको भारतमा रहेको एक्चुरीले ती कम्पनीको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृत गरेपछि समितिले प्रकाशित गर्न अनुमति दिने छ । समितिमा सूर्य लाइफका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन, प्राइम लाइफ, मेट लाइफ, प्रभु लाइफ, सिटिजन्स लाइफ, आईएमई लाइफ, ज्योति लाइफ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

वित्तीय विवरणलाई कम्पनी र बीमा समिति दुबैले आ–आफ्नो एक्चुरीसँग भ्यालुएसन गराउँछन् । सम्बन्धित इन्स्योरेन्स कम्पनीकोे एक्चुरीले पठाएको भ्यालुएसन बीमा समितिमा बुझाएपछि कम्पनीले बुझाएको एक्चुरी भ्यालुएसनलाई बीमा समितिले आफ्नो एक्चुरीबाट पुन मूल्यांकन गराउने गर्दछ । बीमा कम्पनीहरुमा पनि एनएफआरएस प्रणाली लागू गरेपछि अहिलेसम्म कुनैपनि बीमा कम्पनीले साधारणसभा गर्न सकेका छैनन् ।

तर, यो वर्ष सबैभन्दा पहिलो एक्चुरी भ्यालुएसनको स्वीकृति नेपाल लाइफले गराइसकेको छ । दोस्रो भने सूर्य लाइने हुने देखिएको छ । एक्चुरी भ्यालुएसनका आधारमा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्छन् । एक्चुरी भ्यालुएसन स्वीकृत भएपछि बीमा समितिबाट ब्यालेन्सिट स्वीकृत भएपछि कम्पनीहरुको सञ्चालक समितिले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गर्दछन् । बीमा समितिको नियम अनुसार वार्षिक वित्तीय विवरण स्वीकृत नगराई लाभांश घोषणा गर्न पाइँदैन । बीमा समितिले वित्तीय विवरणलाई स्वीकृत बीमा कम्पनीको संचालक समितिले लाभांश घोषणा गर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।