logo

छालाजन्य जुत्ता–चप्पल तथा वस्तु प्रदर्शनी सुरु

    1616   पटक पढिएको

 
१४ पुष / अर्थ र व्यापार - फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको १४औं राष्ट्रिय प्रर्दशनी बिहीबारबाट राजधानीमा सुरु भएको छ । १८ गतेसम्म चल्ने सो प्रदर्शनीको उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका हुन् । भृकुटीमण्डपमा सुरु भएको सो प्रदर्शनीमा १३५ वटा स्टल राखिएको आयोजकले जनाएका छन् जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका जुत्ता, जेन्स तथा लेडिज चप्पल एवं उद्योगसँग सम्बधित कच्चा पदार्थ तथा फुड स्टलहरू प्रदर्शनमा छन् ।
स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ यो प्रदर्शनी सुरु भएको हो । यो प्रदर्शनीमा जुत्ता–चप्पललगायत अर्गा्निक सामानहरूको बिक्री तथा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । अर्गा्निक सामानहरूमा सिस्नोको धुलो, साबुन (एलोभेरा, मेवा), पञ्चामृत मह, पञ्चामृत मालिस तेललगायतका अन्य सामग्रीहरू प्रदर्शनमा राखिएको थियो । भक्तपुरको गठ्ठाघरमा रहेका पञ्चामृत इन्टरनेसनल प्रालिका सञ्चालक प्रवीनकुमार वास्तवाले यो मेलामा अर्गा्निक सामानहरू प्रदर्शनी गरिएको कारणले सबैले बुझ्ने मौका पाउने र यो मेला अवधिभर २(३ लाख रुपैयाँको व्यापारको अनुमान गरेको बताए । 
यो प्रदर्शनीले स्वदेशी उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा समेत परीचित गराउदै विकासका लागि सहयोग गर्ने र विदेश पलाएन भएका युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने साथै सञ्चारकर्मी तथा उत्पादकहरूबीचमा सम्बन्ध स्थापित गर्ने फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले बताए । प्रदर्शनी अवधिभरमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलामा अपाङ्गता भएको व्यक्तिहरूका लागि पनि इटहरीमा भएको करुणा अर्थाेपेडीले जुत्ताको प्रदर्शन गरेको पाइन्छ । खुट्टाको समस्या भएको व्यक्तिले लगाउने जुत्ता ३ देखि ४ हजारसम्मको छ । 
मेलामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्योगलाई सधैं साथ दिने, अर्थतन्त्रलाई सबल बनाउन र निर्यातलाई बढाउने उद्देश्यका साथ अगाडि बढेमा र भएको स्रोत साधनको असल तरिकाले कार्यान्वयन गरियो भने हाम्रो मुलुकलाई समृद्धसिद्ध मुलुक बनाउन सक्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।