logo

शिव श्री हाइड्रोपावर कम्पनीको साधारण शेयर सर्बसाधरणका लागि आज देखि  बिक्रीमा

    1713   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार  - शिव श्री हाइड्रोपावर कम्पनीले आज (पुस २७ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर (आईपिओ) बिक्रीमा ल्याएको हो ।

हाल कम्पनीले पहिलो चरणमा जारी पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत शेयर निष्काशन गरेको हो । स्थानीयका आईपिओ जारीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ४९ लाख ४०० रुपैयाँ पुग्नेछ । सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको शिव श्री ले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपिओ बिक्री गर्न गत पुस १० गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयले यस आईपिओमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ७ हजार ३८० कित्ता अर्थात ७ लाख ३८ हजार रुपैयाँसम्मको आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।
आवेदन गर्दा ५० हजार भन्दा माथिको आवेदन दिनेले चेक मार्फत र दश लाख रुपैयाँमाथि आवेदन गर्ने आवेदनले खनिवार्य प्यान नम्बर उललेख गर्नुपर्नेछ ।

आईपिओमा सिन्धुपाल्चोकको भोटेकोशीगाउँपालिका (साविकको फुल्पिङकट्टी र मार्मिङ गाविस), बाह्रविसे नगरिपालिका (साविकको गाति, मानेश्वरी र राम्चे गाविस), त्रिपुरा गाउँपालिका (धस्कुन र टेकानपुर गाविस) र सुनाकोशी गाउँपालिका (साविकको पाङग्रेटार गाविस) का बासिन्दाले मात्र आवेदन गर्न पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघि नै सिद्धार्थ क्यापिटललाई नियुक्त भैसकेको छ । हाइड्रोपावर कम्पनी जारी गर्ने शेयरका लागि स्थानीयले शिव श्री हाइड्रोपावरको भोटेकोशी गाँउपाललिका कार्यालय तथा हिमालयन बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, नेपाल बंगालदेश बैंक, र सिन्धु विकास बैंकको बाह्रबिसे शाखा कार्यालयबाट आईपिओमा आवेदन गर्न सक्नेछन् । त्यसैगरि सिन्धु विकास बैंकको खाडीचौर शाखामा पनि आईपिओ आवेदन गर्ने सुविधा दिइएको छ । आईपिओमा माघ ११ गतेसम्म आवेदन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।