logo

पाँच जना आर्थिक पत्रकारलाई सेजन अवार्ड

    1683   पटक पढिएको


१५ मंसिर / अर्थ र व्यापार - काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्डबाट ५ जना पत्रकारले प्राप्त गरेका छन् । सेजनको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सो अवार्ड प्रदान गरेका हुन् ।

पुरस्कृत हुनेमा नागरिक दैनिकका दिलिप पौड्याल, कान्तिपुर दैनिकका कृष्ण आचार्य, राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपालका सीताराम विलासी रहेका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रोत्साहन पुरस्कारबाट क्यापिटल म्यागेजिनका विनय बन्जारा सम्मानित भएका छन् । पौड्यालले नेपाल आयल निगम लिमिटेडको जग्गा खरिदमा भएको भ्रष्टचारको विषयमा नियमित रुपमा समाचार संम्प्रेषण गरेका थिए । आचार्यको रामदेवले अनुमति विना नेपालमा लगानी गरेको भन्ने समाचारले सो अवार्ड प्राप्त गरेका हो ।
यस्तै भट्टराईले मलेशियामा कार्यरत नेपाली कामदारको अवस्थाको विषयमा र कर्पोरेटका विलासीले बुढीगण्डकी आयोजना चाइना गेजुवा ग्रुपलाई दिएर नीतिगत भ्रष्टचार गरेको समाचारलाई प्रदान गरिएको हो । यस्तै बन्जाराले अवैध विटक्वाइनका कारोबार विषयमा समाचार लेखेवापत पुरस्कृत भएका हुन् । सो अवसरमा सेजनले वार्षिक रुपमा प्रकाशित गर्दे आएको अर्थनीतिको उपाध्यक्ष वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।