logo

मागभन्दा  बढि आवदेन परेसँगै सान्जेन र रसुवागढि हाइड्रोपावरको पहिलो चरणमै निष्काशन बन्द गरिने

    1603   पटक पढिएको

१० बैशाख /अर्थ र व्यापार - सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावरको प्राथमिक शेयरमा मागभन्दा  बढि आवदेन परेसँगै पहिलो चरणमै निष्काशन बन्द गर्ने भएका छन् । दुबै कम्पनीले आज एक दिनका लागि मात्रै प्राथमिक शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएका छन् ।  तीन दिनको अवधिमा सान्जेन जलविद्युत कम्पनीको आइपिओमा एक लाख ५८ हजार आवेदकले ८० लाख ८५ हजार कित्ता शेयर माग गरेका छन् । मागभन्दा १.६२ गुणा आवेदन परेसँगै बिक्री बन्द गर्ने भएको हो । रसुवागढी ९९ लाख कित्ताको लागि आवेदन परेको छ। कम्पनीले ९३ लाख कित्ता शेयर खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख ७३ हजार ७५० कित्ता छुट्याएको छ ।  ४ प्रतिशत अर्थात दुई लाख १९ हजार कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो । 

रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयरमा एक लाख ५८ हजार भन्दा धेरै आवदेकले ९९ लाख कित्ताको लागि आवेदन दिएका छन् । रसुवागडी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि एक करोड दुई लाख ६३ हजार १५० कित्ता मध्ये ४ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरका लागि न्युनतम १० कित्ताको लागि आवदेन दिन पाइनेछ। 

सान्जेन जलविद्युत कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ। आयोजनाको जम्मा लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १५ करोड ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रसुवागढी हाइड्रोपावरको साधारण लगानी फिर्ता अवधि ८.१२ वर्ष रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । दुबै आयोजनाले गरेको क्रेडिट रेटिङ अनुसार औषत भन्दा कम आधारहरु जनाउने ’इक्रा एनपिआइपिओ ग्रेड चार’ प्राप्त गरेको छ । 

रसुवागढी हाइड्रोपावरले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने सान्जेनले जलविद्युत कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताको सान्जेन लविद्युत आयोजना निर्माण गरिरहेको छ । दुबै आयोजनाले यस अगाडि आयोजना निर्माणको ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता कम्पनीका कर्मचारीहरुको लागि शेयर निष्काशन गरेको थियो । प्रभावित क्षेत्रका बासिन्दाको लागि भने सर्वसाधारण तर्फ बिक्री भएपछि निष्काशन गर्नेछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।