logo

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1581   पटक पढिएको

२३ फागुन/अर्थ र व्यापार - साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको गत आर्थिक वर्षको चुक्ता पूँजीको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन २३ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीको शेयर अन्तिम पटक नेप्सेमा प्रतिकित्ता ५०१ रुपैयाँमा कारोबार भएको छ ।

कर्पोरेशनले लाभांश पारित गर्न चैत ११ गते बिहान ११ बजे ५२ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कर्पोरेशनले फागुन २४ गते देखि चैत ११ गतेसम्म बुकक्लोज गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । यस अुनसार फागुन २३ गते बिहीबारसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सञ्चालक समितिले आर्थिक वर्ष २०७४र७५ को खुद मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ७ लाख ८ हजार ३५० रुपैयाँको बोनस शेयर र १० प्रतिशतका दरले कर सहित १ करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सो लाभांश अनुमोदन गर्नेछ ।

यस्तै सर्वसाधारण शेयरधनीहरुको तफबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ७ जना निर्वचन गर्नेछ । काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार ४०० रूपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १५ करोड ३४ लाख ९१ हजार ७५० रूपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।