logo

रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाले वैशाख ६ गतेदेखि प्राथमिक शेयर बिक्री गर्ने

    1404   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले आगामी वैशाख ६ गतेदेखि प्राथमिक शेयर( आइपिओ) बिक्री गर्ने भएका छन । ती आयोजनाले कूल १ अर्ब ५४ करोड मूल्य बराबरको सेयर बिक्री गर्न लागिएको हो ।

रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको साधारण सेयर बिक्री गर्न लागेको हो । त्यसमा ४ लदाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी, ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ । त्यस आधारमा सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर बिक्री गर्ने छ । यस्तै सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्री गर्नेछ ।

त्यसमा २ लाख ७३ हजार ७५० कित्ता शेयर सामुहिक लगानी कोष र २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टयाई ४९ लाख ८२ हजार कित्ता प्राथमिक सेयर बिक्री गर्न लागिएको आज प्रकाशित सूचनामा उल्लेख छ । बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा जेठ ५ गतेसम्म हुने छ । सर्वसाधारण शेयरधनीले दुबै आयोजनामा न्यनतम ५० कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै रसुवागढी जलविद्युतको आइपिओमा अधिकतम ५००० कित्ता र सान्जेन जलविद्युतको आइपिओमा अधिकतम २००० कित्तासम्मको लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था मिलाइएको आज प्रकाशित सूचनामा उल्लेख छ । आयोजनाको संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण लगायत रहेका छन् । संस्थापक तर्फको शेयर पूँजी ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर पूँजी ४९ प्रतिशत रहेको छ । पछिल्लो पटक सरकारले ती आयोजनालाई समेत जनताको जलविद्युत्मा समावेश गरी प्रक्रिया अगाडि बढाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।