logo

रसुवागढी हाइड्रोपावर कम्पनीलाई इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त

    1209   पटक पढिएको

१४ माघ /अर्थ र व्यापार - रसुवागढी हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्काशनको लागि गरेको क्रेडिट रेटिङमा “इक्रा एनपि आइपिओ ग्रेड चार“ प्राप्त गरेको छ । यस रेटिङले कम्पनीको व्यवस्थापन क्षमतामा पर्याप्त रूपमा आश्वस्त हुन सक्ने सङ्केत गर्दछ ।

कम्पनीले प्रति शेयर एक सय रुपैयाँको दरमा एक करोड २६ लाख ३१ हजार ५० कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले यस अघि कर्मचारी संचय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनीका कर्मचारी र ऋण दाता संस्थाका कर्मचारीको लागि शेयर निष्काशन गरिसकेको छ । कम्पनीले पहिलो चरणमा २४ प्रतिशत शेयर निष्काशन गरेको थियो ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सर्वसाधारणको लागि शेयर निष्काशन पस्चात प्रभावित क्षेत्रका वासिन्दाको शेयर निष्काशन गर्नेछ ।

सर्वसाधारणको लागि १५ प्रतिशत र प्रभावित क्षेत्रका लागि १० प्रतिशत शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर संरचना अनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।