logo

पाँचथर पावरको आईपिओमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन 

    1543   पटक पढिएको

१६ फागुन /अर्थ र व्यापार - पाँचथर पावर कम्पनीले निष्काशन गरेको आईपिओमा फागुन १५ गते बुधबारसम्ममा २१ करोड १० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन गर्ने बिहीबार अन्तिम दिन भएपनि सरकारले सार्वजनिक विदा दिएका कारण शुक्रबारसम्म आईपिओ खुला हुनेछ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना परि निधन भएपश्चात सरकारले बिहीबार सार्वजनिक विदा दिएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझसम्ममा आईपिओमा १.३९० गुणा बढी आवेदन परिसकेको छ । बिहीबार बेलुकासम्ममा ५० हजार २०० आवेदन मार्फत २१ लाख १० हजार कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँ प्रतिकित्ता दरले १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो । निष्काशित आईपिओ मध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन् ।  कम्पनीको शेयरमा छिटोमा फागुन १७ गते शुक्रबार बन्द हुनेछ । पाँचथर पावरले फागुन १३ गते देखि आइपिओ खुला गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।