logo

ओरिएण्टल इन्स्योरेन्सद्वारा वित्तीय विवरण सार्वजनिक, ८ करोड ५० लाख रुपैयाँ खुद नाफा

    947   पटक पढिएको

२० फागुन /अर्थ र व्यापार - ओरिएण्टल इन्स्योरेन्सद्वारा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यहि अवधिको तुलनामा नाफा करिब ५ करोड ५० लाख रुपैयाँले बढी हो । ओरिएण्टलले गत वर्ष ३ करोड ६३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ३८ करोड ९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३६ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले पुर्नबीमा कमिशनवाट २ करोड ३५ लाख, लगानी कर्जा तथा अन्यवाट ४ करोड ९५ लाख रुपैैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले २७ करोड ७ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी र पुनर्बीमा कमिशन वापत १ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको बीमा कोषमा ५५ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड २० लाख रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोष भने अझै ७ करोड ६५ लाख रुपैयाँले ऋणात्मक थियो । यस अवधि सम्ममा कम्पनीले ९ हजार ९४० बीमालेख जारी गरि ४५ करोड ३९ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ६ हजार १६३ बीमालेख नवीकरण भएका छन् । कम्पनीले ८३२ दाबी वापत २७ करोड ८३ लाख भुक्तानी गरेको छ भने एक हजार १८८ दाबी वापत ५६ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।