logo

 एनएमबि माइक्रोफाइनान्सका अध्यक्षबाट शपथ ग्रहण

    1658   पटक पढिएको


१० पुस / अर्थ र व्यापार - काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा आगामी ४ वर्षको लागि पुनः नियुक्त भएका अध्यक्ष उत्तम भ्लोनले आइतबार बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्रीनारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
 बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७४ मा बैंक तथा वित्तीय संस्थाका नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण लिनुपर्ने प्रावधान रहेको छ । उक्त शपथ ग्रहण कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका अन्य पदाधिकारीहरु लगायत वित्तीय संस्थाका सञ्चालकहरु तथा कम्पनी सचिवको उपस्थिति रहेको थियो ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५, हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि माइक्रोफाइनान्स  वित्तीय संस्था एनएमबि बैंकको सहाक कम्पनी हो । एनएमबि माइक्रोफाइनान्सले हाल ७५ वटा शाखा तथा उपशाखाहरु मार्फत ६१,८७० जना महिला सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।