logo

एनआइसी एशिया बैंकको डिबेन्चर बाँडफाँड

    1794   पटक पढिएको


२६ पुस / अर्थ र व्यापार -   काठमाडौं– एनआईसी एशिया बैंकले गत पुष १३ गतेबाट बिक्री खुला गरेको रु ३ अर्व वराबरको ९ प्रतिशत एनआई सी एशिया डिबेन्चरमा आवेदन लिने काम पुष २१ बाट बन्द गरेको छ 
। जसमा बंकिङ्ग क्षेत्रमा तरलता एवं व्याजदरको तीव्र उतारचढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाएको बैकले जनाएको छ । जसमा रु.३ अर्ब रुपंैयाँ बराबरकै सम्पूर्ण डिबेन्चरका लागि आवेदन परेकाले उक्त डिबेन्चरको बिक्री २१ पुसबाट बन्द गरी पुस २५ मा बाँडफाँड गरिएको छ । 
उक्त डिबेन्चरका डिबेन्चरधनीहरुले सोही मितिबाट अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् ।
विगतको दशकदेखि बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिने बताइएको छ । बंैकले जारी गरेको नेपालकै हालसम्मकै सर्वा्धिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिएको बैकले जनाएको छ । यसले देशको पूँजी बजार विकासमा सकारात्मक टेवा पु¥याउने अपेक्षा पनि बंैकले लिएको छ । निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने र त्यसपछि दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोवार गर्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।