logo

नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1290   पटक पढिएको

१७ बैशाख/ अर्थ र व्यापार - नेपाल लाइफ इन्स्योरेन्सद्वारा निष्काशन गरिएको ४८.५ प्रतिशत लाभांश सुरक्षित गर्ने बैशाख १७ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले १९ औं वार्षिक साधारण सभाका लागि बैशाख १९ गते बुकक्लोज गर्दैछ ।

बैशाख १८ गते मजदुर दिवसको सार्वजनिक बिदा परेकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको उक्त लाभांश पाउनेछन् । कम्पनीको शेयर बैशाख १६ गते सोमबार प्रतिकित्ता एक हजार ३१६ रुपैयाँमा कारोबार भएको छ । नेपाल लाईफ आर्थिक वर्ष २०७४र७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी हो। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९ः३० बजे १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथै कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ कायम गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायतको प्रस्ताव उपर छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।