logo

एनसीसी बैंकको नयाँ शाखा काठमाडौंको नारायणटारमा खुल्यो

    1417   पटक पढिएको


११ फागुन / अर्थ र व्यापार - काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले काठमाडौंको नारयणटारमा नयाँ शाखा विस्तार गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो शाखाको उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चालिसेले यस क्षेत्रमा अन्य बैंकहरुको पनि उपस्थिचि रहेको र एनसीसी बैंकले प्रतिस्पर्धी रुपमा सहज र गुणस्तरीय सेवा पुर्याउन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे । उक्त अवरसमा सोही नगरपालिकाका वडा नंं ५, ६ र ७ का वडाध्यक्षहरु क्रमशः नारायण सुवेदी, रमेश अर्याल र केशव गुरुङ्गले एनसीसी बैंकले यस क्षेत्रको समग्र आर्थिक गतिविधिलाई बैंकिङ्ग प्रणालीमा समावेश गर्दै सेवा पु¥र्याउन सफल हुने भन्दै शुभकामना व्यक्त गरेका थिए ।  

कार्यक्रममा लायन्स क्लबका प्रतिनिधिहरु अनन्तप्रसाद भेटवाल र कुमार सुवेदी एवम् चामुण्डा माध्यमिक विद्यालयका प्राचार्य यादवप्रसाद पौडेलले समेत शुभकामना व्यक्त गरेका थिए ।  सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत  रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको वासिन्दा भएको र जनप्रतिनिधिहरुवाट समेत सहयोगको अपेक्षासहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान बनाउने कुरामा आफू विश्वस्त रहेको विचार  व्यक्त गरेका थिए । कार्यक्रमका अध्यक्ष एवं एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले यस क्षेत्रका जनप्रतिनिधिहरुको सहयोग र शुभेच्छा व्यक्त गरे अनुरुप यो शाखा बैंकका शाखाहरु ध्ये १ नं शाखाका रुपमा स्थापित हुने कुरामा थप हौसला मिलेको विचार व्यक्त गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।