logo

नागरिक उड्डयन प्राधिकरण अब दुई स्वायत्त निकाय हुने

    1647   पटक पढिएको

 

१८ पुस / अर्थ र व्यापार - काठमाडौँ– मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अब दुई स्वायत्त निकाय बनाइने भएको छ ।  वायुयान सञ्चालन नियमनकारी निकायका रुपमा रहेको हालको क्यानलाई नियमन गर्ने र पूर्वाधार विकास गर्ने छुट्टै निकाय बनाउने तयारी भएको छ ।

क्यानको यही पुस १६ गते सम्पन्न १९औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले क्यानलाई थप व्यावसायिक र प्रभावकारी नियामक निकायका रुपमा अघि बढाउन भिन्न स्वायत्त निकाय बनाउन लागिएको जानकारी दिएका थिए  । उन्नाइस वर्षअघि स्थापित क्यानले प्राधिकरण ऐन, २०५३ बमोजिम राज्यद्वारा प्रदत्त उडान र हवाई सुरक्षा, उड्डयन सञ्चार, परिवहन–निगरानी तथा विमानस्थल पूर्वाधार विकास, विस्तारका साथै जहाज परिवहन सेवा सञ्चालनको जिम्मेवारी बहन गर्दै आएको छ ।

“क्यानको संस्थागत व्यवसायीकरण र नियमनमा सुधार गर्ने कुरा पहिलादेखि उठेको विषय हो । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओको नीति र सिद्वान्तअनुसार नियमन गर्ने संस्थालाई थप व्यावसायिक र प्रभावकारी बनाउन खोजिएको हो, यसले थप व्यावसायिक, दक्ष जनशक्ति र उच्च प्रविधिमैत्री बनाउन सहयोग पुग्छ,” उनले भने । 

सचिव न्यौपानेका अनुसार क्यानलाई नयाँ विमानस्थल बनाउने र स्तरोन्नति गर्ने काम प्रभावकारी बनाउन केन्द्रित गर्ने छुट्टै संस्था बनाइने र वायुसेवा कम्पनीलाई प्रभावकारी अनुगमन र नियमन गर्ने अर्को संस्था बनाइने कार्यलाई पूर्णता दिनैपर्नेछ । क्यान कर्मचारी ट्रेड युनियनका प्रतिनिधि श्रवणकुमार यादवले क्यानलाई फुटाएर संस्था समाप्त गर्न खोजिएको हो कि भन्ने गुनासो सार्वजनिक कार्यक्रममै गरेपछि जवाफमा सचिव न्यौपानेले आइकाओको मापदण्डअनुसार काम अघि बढाउनैपर्ने भएकाले कर्मचारीको हितलाई ध्यानमा राखी संस्थालाई व्यावसायिक बनाउने उद्देश्यका साथ यसको विधेयक प्रक्रियालाई चाँडो अघि बढाउन क्यान पदाधिकारीलाई आग्रह  गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।