logo

मकवानपुरमा चैत ३ गतेबाट २२ मेगावाट क्षमताको हाइड्रोपावरको परीक्षण उत्पादन सुरु हुने 

    1717   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार  - बाग्मतीखोला साना जलविद्युत आयोजनाले मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्ने भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका ८ मा निर्माण भइरहेको बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ । काठमाडौंबाट बगेर गएको पानीलाई सदुपयोग गर्दै आयोजनाले २२ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो ।

परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यवसायिक रुपमा नै राष्ट्रिय प्रसारणलाइनमा आवद्ध गर्ने गरी हाल प्राविधिक परीक्षणको काम भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । हाइड्रोले सिस्नेरी दोभानमा संकलन गरेको पानी टनेलमार्फत इपापञ्चकन्याको बेसीबगरमा र्पुयादै विद्युत उत्पादन गर्नेछ । ०७२ जेठबाट निर्माण थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रशारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टाबर निर्माणको काम सकिएको छ ।

प्राधिकरणको प्रसारण लाइनमा उत्पादन स्थलबाट १४ किलोमिटर टाढा रहेको छ । ‘रन अफ रिभर’ प्रणालीको आयोजनामा ५५ मिटर लामो ड्याम निर्माण गरिएको छ । बागमतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाई कुलेखानी, बाग्मती र कोगटेको पानी छेकेर सुरुङमार्फत इपाको बगरबेसीमा विद्युत् उत्पादन गरिँदैछ । ड्याम र पावर हाउसबीचको दुरी साढे दुई किलोमिटर रहेको छ । हाइड्रोमा चाइनाको से च्वाङ हे च्वाङ, नेपालको हिमालयन इन्फ्रास्ट्रक्चर फन्डले लगानी गरेको छ भने मकवानपुरको माण्डु हाइड्रोपावर कम्पनीले प्रवर्द्धकको काम गरिरहेको छ । हाइड्रोको इलेक्ट्रो मेकानिकालको काम चाइनिज कम्पनी सीडब्लुटीडव्लुले गरेको हो । कम्पनीमा नेपालीको ५१ र चिनियाँको ४९ प्रतिशत शेयर रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।