logo

आज दिउँसो ३बजे मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओ बाँडफाँड हुने  

    1194   पटक पढिएको

४ पुस /अर्थ र व्यापार  - मध्य भोटेकोशी जलविद्युत आयोजना (MBJCL ले दुई चरणमा बिक्री गरेको एक करोड ४४ लाख कित्ता साधारण शेयर (आईपिओ) बुधबार एकैपटक बाँडफाँड हुने भएको छ । आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको ग्लोबल आइएमई क्यापिटलले बुधबार दिउँसो ३ बजे स्मार्ट क्याफे एण्ड ब्यांक्वेट धुम्बराहीमा आईपिओ बाँडफाँड हुने जनाएको छ ।

कम्पनीले पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता र दोस्रो चरणमा मंसिर १९ गतेदेखि २६ गतेसम्म संगठिक संस्थापक संस्थाका कर्मचारीलाई २१ लाख तथा सञ्चय कोषका कर्मचारीलाई ६ लाख कित्ता निष्काशन गरेको थियो ।

मध्य भोटेकोशीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुबाट एक लाख ३५ हजार ९८६ वटा आवेदनबाट तीन अर्ब ६३ करोड ९५ लाख ३९ हजार रुपैयाँ बराबरको तीन करोड ६३ लाख ९५ हजार ३९० कित्ताका माग आवेदन परेको छ । यस शेयरमा ३.११ गुणा बढी आवेदन परेको हो । यस वर्गका सबै आवेदकले न्यूनतम ८० कित्ता शेयर प्राप्त गर्नेछन् ।

यस्तै, कम्पनीले दोस्रो चरणको संगठित संस्थापक संस्थाका कर्मचारीहरुबाट ९ हजार ५३ जनाले ४५ लाख ३५ हजार ९५० कित्ताका लागि माग आवेदन परेको छ । यस शेयरमा १.६८ गुणा बढी आवेदन परेको छ । तेस्रो चरणमा कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय सिन्धुपाल्चोकका बासिन्दाका लागि र चौथौं चरणमा सर्वसाधारणका लागि साधारण शेयर खुला हुनेछ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।