logo

एलआइसी नेपालको ‘जीवन साथी’ नामक नयाँ जीवन बीमा योजना सार्वजनिक

    2614   पटक पढिएको

२ फागुन/ अर्थ र व्यापार  - लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले १८ वर्षदेखि ६० वर्षसम्म उमेरका व्यक्तिले जीवन बीमा गर्न सक्ने ‘जीवन साथी’ नामक नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ बीमा योजनाको अनावरण गरे । कम्पनीका सचिव विनोदकुमार भुजेलका अनुसार १५ वर्षे अवधिको यस बीमा योजनामा न्युनतम् बीमाङ्क रकम २ लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम् बीमाङ्कको सीमा ‘बीमा अन्डराइटिङ’ को नियमअनुसार जति पनि लिन सकिनेछ ।

बीमा अवधिमा बिमितको निधन भएमा बीमाङ्क र बोनस रकम सम्बन्धित व्याक्तिको श्रीमान वा श्रीमतिले पाउनेछन् ।  बाँकी अवधिका लागि बिमितको श्रीमान वा श्रीमतिलाई कम्पनीले नै बीमाङ्कको ५० प्रतिशत निःशुल्क जीवन बीमा जोखिम बहन गर्नेछ ।

यस योजनामा अधिकतम् ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी अशक्तताको लाभसमेत उपलब्ध रहेको सचिव भुजेलले जानकारी दिए । २ वर्षको बीमाशुल्क भुक्तानी गरेपछि बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पणको सुविधा समेत लिन सक्ने उनले बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले यस योजनामार्फत बिमितले आफ्नो परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्न सक्ने बताए ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तियारले महिला वर्गलाई बीमाको दायरामा ल्याउन यो योजना ल्याइएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।