logo

भूकम्प गएको ३२ महिनापछि लमजुङमा पुनर्निर्माण कार्यालय स्थापना

    1824   पटक पढिएको

 


१२ मंसिर / अर्थ र व्यापार - लमजुङ । भूकम्प गएको ३२ महिनापछि लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ । सोमबार भूकम्प प्रभावित जिल्ला लमजुङको सदरमुकाम बेशीसहरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले कार्यालयको उदघाटन गरेका हुन् ।


कार्यालय उदघाटनमा गर्दै उनले भूकम्पछिको पुनर्निर्माणको गतिलाई तीव्रता दिइने बताए । लमजुङका भुकम्पपीडितलाई मनसुन अघि नै टहराबाट मुक्ति दिने दाबीसमेत उनले गरे । ‘लमजुङका भुकम्पपीडितले मनसुनअघि नै स्थायी घर पाउनेछन्’, उनले भने, ‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक इन्जिनियर उपलब्ध गराउने छु ।’  भुकम्प गएको ३२ महिनासम्म पुनर्निर्माणका लागि सरकारको बाटो कुरेर बसेका पूर्वी लमजुङका जनता अहिलेसम्म टहरोमै बस्दै आइरहेका छन् ।

लमजुङमा थोरै भूकम्पपीडितले पुननिर्माणका लागि दोस्रो किस्ता पाए पनि केहीले भने अझै पहिलो किस्ता पाएका छैनन । जिल्लाका १३ हजार ९ सय ५९ घरधुरी लाभग्राही सूचीमा परेका छन् । जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार १३ हजार ८४ नीजि घर निर्माणको सम्झौता भएको छ । यी मध्ये १२ हजार ५ सय ६१ घरधुरीले ५० हजार रुपैयाँका दरले पहिलो किस्ता बुझिसकेका छन् भने ७५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका छन् । तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्राविधिक नखटाउँदा पहिलो किस्ता बुझेर घर बनाउन थालेकाहरु समस्यामा परेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।