logo

बीमा कम्पनीहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने

    1810   पटक पढिएको

१३ पुस/ अर्थ र व्यापार - बीमा कम्पनीहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने भएका छन् । एजेन्टलाई आकर्षित गर्न पछिल्लो समय बीमा कम्पनीहरुले तालिमका नाममा विदेश घुमाउन लैजाँदै आएका थिए । बीमा भनेको एजेन्ट बेस बिजनेश हो । त्यसैले बीमा कम्पनीहरुले एजेन्टलाई खुसी पार्न मोटो रकम खर्च गर्दै आएका थिए ।

एजेन्टलाई विदेश घुमाउन लाने प्रतिस्पर्धाले संस्थागत सुशासनमा समस्या आएको भन्दै नियामक निकाय बीमा समितिले त्यसमा रोक लगाएको छ । समितिले सर्कुरल जारी गर्दै अर्को ब्यवस्था नभएसम्मका लागि एजेन्टलाई विदेश भ्रमणमा नलान बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

विदेशमा एजेन्टहरुलाई के कस्ता तालिम दिइन्छ ? भनेर बीमा कम्पनीहरुसँग समितिले बिवरण पनि मागेको छ । समितिलाई बिबरण दिएपछि समितिको स्वीकृति लिएर मात्रै एजेन्टलाई तालिम दिन पाइने छ । एजेन्टलाई विदेश घुमाउन लाँदा ठूलो खर्च भएको र त्यसले मोटो रकम विदेशी पैसा पनि खर्च भएकाले समितिले कडाइ गरेको हो । सरकारले वैदेशिक मुद्रा खर्च गर्नमा कडाइको नीति अबलम्बन गर्दै आएको छ ।

मुलुकको भुक्तानी सन्तुलन लगातार कहालीलाग्दो गरी घाटामा जान थालेपछि सरकारले एकपछि अर्को गर्दै विदेशी मुद्रा खर्चमा कडाइ गरेको हो । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा मात्रै मुलुकको भुक्तानी सन्तुलन ५७ अर्ब रुपैयाँभन्दा बढीले घाटामा गएको छ । त्यसैगरी, चालू खाता पनि घाटामा छ ।

सरकारले सवारीसाधनको आयातलाई निरुत्साहित गरेको छ भने विदेश भ्रमाण्मा जाँदा प्रतिव्यक्ति २५ सय डलरको सटही सुविधालाई घटाएर १५ सय डलरमा झारिसकेको छ । त्यसैगरी, भारतीय बजारमा सामन किन्दा कार्डबाट एक महिनामा एक व्यक्तिले १ लाखमात्रै भुक्तानी गर्न मिल्ने सीमा तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।