logo

भारतीय केन्द्रीय बैंकका गभर्नरको राजीनामाको असर नेपाली रुपैँयामा

    1239   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार - भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा गरेपछि त्यसको असर नेपाली रुपैयाँमा देखिएको छ । नेपाली रुपैयाँ एकै दिन एक रुपैयाँ ८६ पैसा सस्तिएको छ । 

सोमबार एक अमेरिकी डलरको मूल्य ११३ रुपैयाँ ५९ पैसा थियो । राजीनामा सार्बजनिक भएपछि डलरको भाउ बढेर ११४ रुपैयाँ ४५ पैसा पुगेको थियो । अहिले डलरको भाउ ११५ रुपैयाँ ४५ पैसा नाघिसकेको छ । भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर बिनिमय दर रहेका कारण डलरसँग भारु तलमाथि हुँदा नेपाली रुपैयाँमा प्रत्यक्ष असर पर्छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार, गभर्नरको नयाँ नियुक्तिअघिसम्म डलरको भाउ अझै बढ्ने छ ।

पटेलको राजीनामाले भारतीय शेयर बजार नराम्ररी प्रभावित भएको छ । मंगलबार बजार खुल्ने बित्तिकै सेन्सेक्स ३०० अंकले झरेको छ भने निफ्टी ९० अंक तल आएको छ । पाँच राज्यमा भएको चुनावको नतिजाले भारतीय जनता पार्टीको कमजोर उपस्थिति देखिएपछि बजार सम्हालिएको छ ।

विश्लेषकहरुका अनुसार, पटेलको राजीनामापछि भारतीय अर्थतन्त्रमा समस्या आउन सक्छ । उनीहरुले राजीनामाको समयलाई लिएर प्रश्न उठाइरहेका छन् । पटेलले पाँच राज्यको चुनावी नतिजा आउने एक दिनअघि राजीनामा दिएका छन् भने केन्द्रीय चुनाव आउन केही महिना मात्र बाँकी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।