logo

भारतीय केन्द्रीय बैंकका गभर्नरको राजीनामाको असर नेपाली रुपैँयामा

    1766   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार - भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा गरेपछि त्यसको असर नेपाली रुपैयाँमा देखिएको छ । नेपाली रुपैयाँ एकै दिन एक रुपैयाँ ८६ पैसा सस्तिएको छ । 

सोमबार एक अमेरिकी डलरको मूल्य ११३ रुपैयाँ ५९ पैसा थियो । राजीनामा सार्बजनिक भएपछि डलरको भाउ बढेर ११४ रुपैयाँ ४५ पैसा पुगेको थियो । अहिले डलरको भाउ ११५ रुपैयाँ ४५ पैसा नाघिसकेको छ । भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर बिनिमय दर रहेका कारण डलरसँग भारु तलमाथि हुँदा नेपाली रुपैयाँमा प्रत्यक्ष असर पर्छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार, गभर्नरको नयाँ नियुक्तिअघिसम्म डलरको भाउ अझै बढ्ने छ ।

पटेलको राजीनामाले भारतीय शेयर बजार नराम्ररी प्रभावित भएको छ । मंगलबार बजार खुल्ने बित्तिकै सेन्सेक्स ३०० अंकले झरेको छ भने निफ्टी ९० अंक तल आएको छ । पाँच राज्यमा भएको चुनावको नतिजाले भारतीय जनता पार्टीको कमजोर उपस्थिति देखिएपछि बजार सम्हालिएको छ ।

विश्लेषकहरुका अनुसार, पटेलको राजीनामापछि भारतीय अर्थतन्त्रमा समस्या आउन सक्छ । उनीहरुले राजीनामाको समयलाई लिएर प्रश्न उठाइरहेका छन् । पटेलले पाँच राज्यको चुनावी नतिजा आउने एक दिनअघि राजीनामा दिएका छन् भने केन्द्रीय चुनाव आउन केही महिना मात्र बाँकी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।