logo

पशु निर्देशनालयमा प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा  बस्ने

    1571   पटक पढिएको

 

 

५ माघ / अर्थ र व्यापार - प्रदेश १ को मुकाम विराटनगर तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय र निवास राख्नका लागि भवन खोजी सुरु भएको छ । नवनियुक्त प्रदेशप्रमुखले शुक्रबार साँझ राष्ट्रपति समक्ष सपथ लिनेछन् । प्रदेश १ को प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा नियुक्त भएका छन् ।

सुब्बाले सपथ लिए लगतै कार्यालय संञ्चालन गर्न कर्मचारी आउनेछन् । प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय पशु निर्देशनालयमा राखिने तयारी छ । प्रदेश प्रमुखको आवास पनि त्यही कार्यालयमा बनाइनेछ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले तत्कालका लागि प्रदेश प्रमुखको कार्यालय र निवास क्षेत्रिय पशु निर्देशनालय हुने बताए ।

तर, प्रदेशसभा वैठक कहाँ बस्ने अझै तय भएको छैन । जिल्ला समन्यवय समितिको कार्यालय वा वीरेन्द्र सभागृहमध्ये एक कार्यालयलाई पदेशसभा बैठक स्थल बनाइने पौडेलले जानकारी दिएका छन् । प्रदेश सभा सदस्य र विराटनगर महानगरपालिकाको समन्वयमा यो तय हुने गरिनेछ । पौडेलले भने, ‘केन्द्रबाट कुनै रकम आएको छैन । तत्काललाई कार्यालयको आन्तरिक स्रोत परिचालन गरी आवश्य मर्मत सम्हार गरिनेछ ।’

सहरी विकास मन्त्रालयको टोलीले यसअघि विराटनगरमा उपलब्ध विभिन्न १२ वटा सरकारी कार्यालयमा मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रालय र मन्त्रीहरुको आवास राख्न सकिने सिफारिस गरेको थियो । विराटनगरमा रहेका कार्यालयहरु मर्मतका लागि २१ करोड लाग्ने अध्ययन टोलीको अनुमान छ ।

अध्ययन समितिले क्षेत्रीय कृषि निर्देशनालयलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाउन तथा विरेन्द्रसभा गृहलाई प्रदेशसभा बैठक हलको रुपमा प्रयोग गर्न सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।