logo

एचआईडिसिएलको सातौं वार्षिक साधारण सभा पुस ३० गते हुने, शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

    1403   पटक पढिएको

९ पुस/ अर्थ र व्यापार  - हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले पहिलो पटक आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यसअघिका दुई वर्ष कम्पनीले ५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको थियो ।

साथै कम्पनीले बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद प्रस्ताव समेत गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको १७४ बैठकले कम्पनीको चुक्ता पूँजी दश अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनका लागि २ करोड १० लाख ५२ हजार ६३१ रूपैयाँ ५८ पैसा रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै सोही बैठकले बोनस पश्चात कायम हुने चुक्ता पूँजी ११ अर्बको एक बराबर एक (१ः१) शेयर अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ ।

बोनस तथा हकप्रद प्रस्ताव प्रस्तावहरु पारित गर्न कम्पनीले पुस ३० गते नेपाल प्रज्ञा प्रतिष्ठा, कमलादी काठमाडौंमा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार पुस १६ गते सोमबारसम्म कायम शेयरधनीले कम्पनीको बोनस पाउनेछन् । १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको बोनस र हकप्रद पश्चात २२ अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २७ करोड ३७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १० रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

यस कम्पनीमा ८० प्रतिशत सरकारको लगानी छ भने सर्वसाधारणको हिस्सा २० प्रतिशत रहेको छ । हाइड्रोपावर परियोजनाहरुको विकास तथा ऋण लगानी गर्ने काम यस कम्पनीले गर्दै आएको छ । आगामी दिनमा हाइड्रोपावरका थुप्रै परियोजना बनाउन लगानी गर्नुपर्ने भएकाले कम्पनीले चुक्ता पुँजी बलियो बनाउन लागेको हो । वि.सं २०७२ कार्तिकमा २ अर्बको साधारण शेयर जारी गरेको यस कम्पनीले हालसम्म बोनस वितरण गरेको थिएन।

कम्पनीमा नेपाल सरकारको ५ अर्ब, सर्वसाधारणको २ अर्ब तथा नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान र कर्मचारी सञ्चय कोषको १(१ अर्ब रूपैयाँ लगानी रहेको छ । साबिकको जलविद्युत लगानी तथा विकास कम्पनीले नाम परिवर्तन गरि हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी बनाइएको हो ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।