logo

हिमालयन डिस्टिलरीको शेयर मूल्यमा १५० रुपैयाँले बृद्धि

    1214   पटक पढिएको

२४ बैशाख /अर्थ र व्यापार - हिमालयन डिस्टिलरीको मंगलबार मात्रै शेयर मूल्य १५० रुपैयाँले बढेर १६५० रुपैयाँ पुगेको छ । मंगलबार कम्पनीको १९ वटा कारोबार हुँदा नै सर्किट लागेको हो । अहिलेसम्म १९ वटा कारोबारबाट २७ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । हाल १२ हजार कित्ताको लागि माग रहेको छ भने खरिदका लागि एक कित्ता पनि छैन । 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमै १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नु अघि नै बजारमा भने सर्किट लाग्न थालेको हो । यो अवधि कम्पनीहले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय हो । तेस्रो त्रैमासिक वित्तीय विवरणबाटै लगानीकर्ताले चौथो वित्तीय विवरणको नाफा आँकलन गर्ने भएकाले दोस्रो बजारमा यसको प्रभाव पर्ने गर्छ ।

कम्पनीले साउनमा वित्तीय विवरण सार्वजनिक गरेसँगै केही महिना पछि लाभांश वितरण गर्ने भएकोले वैशाखदेखि नै शेयर बजारमा कम्पनीको वित्तीय विवरणले प्रभाव पार्ने गर्छ ।  हिमालयन डिस्टिलरीले विगत पाँच वर्षेदेखि नगद लाभांश दिँदै आएको छ । गत वर्ष पनि कम्पनीले २०.०५ प्रतिशत नगद लाभांश दिएको थियो । नगद लाभांश पस्चात कम्पनीको शेयर मूल्यमा गिरावट आए पनि पछिल्ला दिनमा कम्पनीको शेयर लगातार बढिरहेको छ ।

विगत दुई महिना यता बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको शेयर बढ्दै आएकोमा पछिल्लो एक सातामा उत्पादन तथा प्रशोधन मुलक कम्पनीको शेयरमा उछाल आएको छ । गएको चार दिनमा शिवम् सिमेन्ट शेयरमा उछाल आए पनि आज भने ७ रुपैयाँले घटेको छ । युनिलिभर, बोटलर्स नेपाल, बोटलर्स तराइको शेयर भने स्थिर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।