logo

हिमालय ऊर्जाद्वारा १४ लाख ८५ हजार कित्ता साधारण शेयर आजदेखि निष्काशन

    1531   पटक पढिएको

२० चैत्र /अर्थ र व्यापार  - हिमालय ऊर्जा विकास कम्पनीद्वारा सर्वसाधारणको लागी १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर आज चैत्र २० गतेदेखि निष्काशन गरिएको छ । कम्पनीले जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । निष्काशित १४ लाख ८५ हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत बराबरको ७४ हजार २५० कित्ता र कर्मचारीहरुलाई दुई प्रतिशत बराबरको ४४ हजार ५५० कित्ता छुट्टाएर बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् । यस्तै मेरो शेयर प्रयोगकर्ताले यसको प्रग गरेर शेयर भर्ने सुविधा रहेको छ । आईपिओ चैत २० देखि छिटोमा चैत २५ गते निष्काशन बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने बैशाख १९ गतेसम्म खुला रहनेछ । हिमालय ऊर्जा विकास कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपि आईपिओ ग्रेड ४ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ ।

आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ । संस्थापक सञ्चालक, र आयोजना प्रभावितका लागि शेयर खरिद गरिसकेका व्यक्तिले यस आईपिओमा आवेदन गर्न पाउने छैनन् । कम्पनीले यसअघि रामेछाप र दोलखा जिल्लाको आयोजना प्रभावित बासीन्दालाई यस अघि नै कार्तिक ६ देखि मंसिर ५ गतेसम्म ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरि पुस ६ गते बाँडफाँड गरिसकेको छ । निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले धितोपत्र बोर्डबाट माघ २१ गते दोस्रो चरणमा १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँको शेयर साधारणका लागि निष्काशन गर्न स्वीकृति पाएको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।