logo

परीक्षण उडानका लागि हिमालय एयरलाइन्सको एच ९–९६१ विमान ल्हासामा

    2070   पटक पढिएको


६ माघ/अर्थ र व्यापार– उच्च उचाईका लागि उडान भर्ने योजनाअनुरुप परीक्षण उडानका लागि हिमालय एयरलाइन्सको एच ९–९६१ विमान ल्हासा प्रस्थान गरेको छ ।

एच ९–९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय बिहान १०ः४६ बजे अवतरण गरेको हिमालय एयरलाइन्सले जनाएको छ । 

क्याप्टेन हाओ दीलेको नेतृत्वमा अरु वरिष्ठ क्याप्टेनहरुसहित ल्हासाबाट आजै पुनः फिर्ती उडान गर्ने गरी परीक्षण उडान भइरहेको कम्पनीले जनाएको छ ।

परीक्षण उडानका लागि एयरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाईका लागि उडान भर्न एच९–एजेके नाममा दर्ता भएको न्यारोबडी हवाई जहाज ए३१९–११५ प्रयोगमा ल्याएको थियो ।

१२० इकोनोमी र ०८ बिजनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्ट उच्च उचाइको उडान भर्नको लागि परिमार्जित गरेको कम्पनीले जनाएको छ । 

विमानले अधिकतम १४ हजार ५०० फिटसम्मको एरोड्रम उचाइको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको बताइएको छ । 

हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले हिमालय टोली गत वर्षदेखि नै ल्हासा जस्तो उच्च उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत रहेको बताएका छन् ।

अध्यक्ष झोउ एन्योङ्गले आजको सफल परीक्षण उडानले सुरक्षा, टिम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको बताए ।

परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरू गर्ने व्यवसायिक योजना अनुरुप नै भएको कम्पनीले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।