logo

हिमाल दोलखा हाइड्रोपावरको भोलिदेखि आईपीओ निष्काशित हुने

    1782   पटक पढिएको

२४ असार / अर्थ र व्यापार - हिमाल दोलखा हाइड्रोपावर कम्पनीले भोलि बुधबारदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कुल ७६ लाख ७२ हजार २ सय १० कित्तामध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ भने २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । 

कम्पनीले स्थानियलाई जारी गर्दा वितरण हुन नसकेको शेयर पनि सर्वसाधारणका लागि जारी गरेको छ । स्थानीयका लागि १६ करोड र सर्वसाधारणको लागि ६२ करोड बराबरको शेयर छुट्याएको थियो । स्थानीयलाई जारी गर्दा १ लाख २७ हजार ७९० कित्तामात्र बिक्री भएको छ । स्थानीयमा बिक्री हुन नसकेको १४ लाख ७२ हजार २१० कित्ता समेत थप गरी कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको हो । 

छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म बिक्रीमा रहनेछ । आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम् १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । हाल ८२ करोड चुक्तापुँजी रहेको कम्पनीको स्थानीय र सर्वसाधारणको आईपीओ पश्चात१ अर्ब ६० करोड पुग्नेछ । कम्पनीले जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको देखाउँछ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।