logo

बढी नाफा लिएर तरकारी बिक्री गर्ने चार जना व्यवसायी प्रहरीको नियन्त्रणमा

    1855   पटक पढिएको


७ मंसिर / अर्थ र व्यापार - चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले बढी पैसा लिएर तरकारी बिक्री गर्ने चार जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । नारायणगढको तरकारी बजार र आलु बजारको अनुगमनको क्रममा बढी मूल्य लिएको पाइएपछि प्रहरीले चार जना व्यापारीलाई नियन्त्रणमा लिएको हो । किसानसँग किनेको भन्दा चार गुणा बढी मूल्य लिएर बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए । आलु बजारमा होलसेल व्यापार गर्दै आएका ओम शिव स्टोर्सका सन्चालक पवन गुप्ता, शिवशक्ती स्टोर्सका संचालक पशुरामकुमार चौहान तरकारी आशमाया रानामगर र प्रकृति भेजिटेवल सप्लार्यसका सञ्चालक भक्तीराम खरेललाई नियन्त्रणमा लिएको हो ।


पक्राउ परेका मध्य पर्शुराम कुमार चौहान र भक्तिराम खरेलले खरिद  बिल देखाउन नसकेकाले नियन्त्रणमा लिएको र आशमाया रानामगर र पवन गुप्ताले दर्ता विना नै ब्यवसाय गरेको पाईएकाले नियन्त्रणमा लिईएको उनले बताए । कृषि विकास कार्यालय चितवनका कृषि विज्ञ रामराजा पौडेलले सस्तोमा तरकारी किनेर उपभोक्तालाई महँगोमा बिक्री गरेको पाइएको बताए । उपभोकता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसालले बिक्री विल समेत नकाटेर मनलाग्दी मूल्य लिएर तरकारी बिक्री गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।