logo

ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर आइतबार बाँडफाँड, १६ लाख ९६ हजार ४०० कित्ता शेयर अवितरित

    1280   पटक पढिएको

१९ चैत्र /अर्थ र व्यापार  - ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडद्वारा निष्काशन गरिएको साधारण शेयर (आईपिओ) चैत १७ गते आइतबार बाँडफाँड भएको छ । कम्पनीले जारी गरेको १८ लाख कित्ता आईपिओमध्ये ९४५ बढी अवितरित भएको छ ।
हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल (तत्कालिन काठमाडौं क्यापिटल) का अनुसार आईपिओमा एक हजार २१६ जना आवेदकबाट एक लाख तीन हजार ६०० कित्ताका लागि मात्र आवेदन परेको हो ।

कम्पनीले निष्काशन गरेको आइपिओको यो ५.७५५५ प्रतिशत मात्र हो । निष्काशित ९४.२४४ प्रतिशत अर्थात १६ लाख ९६ हजार ४०० कित्ता आईपिओ बिक्री हुन नसकेको हो ।  ग्रीनलाईफले स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत अर्थात १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयबाट अवितरित भएको उक्त आईपिओ अब सर्वसाधारणका लागि निष्काशन हुने १८लाख कित्तामा थप भएर निष्काशन हुनेछ । आईपिओमा समूह क अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत), समूह ख अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४० प्रतिशत) कित्ता, र समूह ग अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयरमा माग आवेदन गरिएको थियो । सो आईपिओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था थियो ।

केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको कारण पनि लगानीकर्ताले  वित्तीय अवस्था औसतभन्दा कमजोर रहँदा कम माग गर्ने गरेका हुन् ।  अर्कोतर्फ हाइड्रोपावर कम्पनीबाट लामो समय पश्चात मात्र प्रतिफल प्राप्त हुनाले पनि अन्यको तुलनामा जलविद्युत कम्पनीको शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दो छ । यसअघि जारी गरेका अन्य धेरै कम्पनीहरूको पनि यस्तै अवस्था रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।