logo

सुनचाँदीको भाउमा मनपरी , छैन नियम

    1379   पटक पढिएको

 

कात्तिक १३ / अर्थ र व्यापार - काठमाडौं । वाणिज्य विभागले वैशाख ०७० मा सुनचाँदीको बजार अनुगमन तीव्र बनायो । व्यापक ठगी भएको गुनासोपछि सरकारी अनुगमन सतहमा देखिएको थियो ।

 

तर, स्पष्ट कानूनी व्यवस्थाबिना अनुगमन गरिएको बताउँदै व्यवसायी पसल नै बन्द गरेर आन्दोलित भए । त्यसपछि सरकारले ७ असार ०७० मा सुनचाँदीको बिक्री वितरण, मापदण्ड र गुणस्तरसम्बन्धि निर्दे्शिका १५ दिनभित्र बनाउन नौ सदस्यीय समिति गठन  गर्यो । त्यसबेला वाणिज्य विभागले सुनचाँदीमा उपभोक्ता ठगेको अभियोगमा उपत्यकाका आठ ठूला व्यवसायीविरुद्ध मुद्दा चलाएको थियो ।

सुनचाँदी कारोबार व्यवस्थित बनाउन सरकारी समिति गठन भएको साढे चार वर्ष बितिसकेको छ । तर, अझै पनि यससम्बन्धी निर्दे्शिका जारी हुन सकेको छैन । आफूलाई बाहिर राखिएको बताउँदै व्यवसायीले सरकारी समितिकै विरोध गर्दै आएका छन् । निर्दे्शिका आउन नसक्दा कारोबार पुरानै अवस्थामा छ । अर्थात उपभोक्ता ठगिएका ठगियै छन् । दैनिक माग छ ३५ किलो, आपूर्ति हुन्छ २५ किलो  माग धानिएको छ तस्करीबाट ,

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मुलुकभर दैनिक औसत ३० किलो सुनको कारोबार हुन्छ । चाँदीको कारोबार त दैनिक औसत चार सय किलो छ ।

सुन मात्र वर्षमा करिब ३५ अर्ब रुपैयाँ बराबरको खरिद बिक्री हुन्छ । चाँदीको कारोबार नौ अर्ब रुपैयाँ हाराहारीमा हुन्छ । सुनलाई मुद्राकै एक स्वरुपका रुपमा लिइन्छ । यस्तो महत्वपूर्ण धातुको कारोबार नेपालमा भने स्पष्ट ऐन र कानुनबिनै चल्दै आएको छ । दैनिक करोडौं मूल्यको खरिद बिक्री भइरहे पनि नियमन र अनुगमन शून्यजस्तै छ । न गुणस्तरको भरपर्दो मापक, न त कारोबारमै स्वच्छता, 

 

‘क’ वर्गका अर्थात् वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन् । २८ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिएर सुन आयात गर्न पाउँछन् । ती बैंकले सिजनमा २० र अफ सिजनमा २५ किलोसम्म सुन आयात गर्न पाउँछन् । बैंकले आयात गरेको सुन व्यवसायीले खरिद गरेर कारोबार गर्छन् ।

 

यस्तै, बैंकबाहेक ५० ग्रामसम्मको टुक्रा सुन ल्याउन पाउने व्यवस्था पनि छ । विदेश जाने नेपालीले घरायसी प्रयोजनका लागि स्रोत खुलाएर प्रतिव्यक्ति ५० ग्रामसम्मको सुन नेपाल ल्याउन पाउँछन् । सानो परिमाणमा आयात गर्न पाउने भए पनि यो त्यति चलनचल्तीमा नभएको व्यवसायी बताउँछन् । सुन आयात गर्ने औपचारिक माध्यम वाणिज्य बैंक नै हुन् । २५ हजारभन्दा बढी सुनचाँदी व्यवसायीको कारोबार कानूनी व्यवस्था अभावमा मनमौजी ढंगको छ ।

 

हाल सरकारले उपलब्ध गराउँदै आएको परिमाणबाट माग धान्न नसकिने व्यवसायीहरु बताउँछन् । महासंघका अध्यक्ष मोहनकुमार सुनार भन्छन् ‘हामीले दैनिक ३५ किलोसम्म सुन पाउनुपर्ने माग राष्ट्र बैंकसँग गरिसकेका छौं ।’

 

त्यसो भए अहिले कसरी धानिएको छ त माग ? स्पष्ट छ, त्यसैका लागि हुने गरेको छ , तस्करी । सरकारले मागबमोजिम उपलब्ध नगराइदिने र कारोबारमा पनि स्पष्ट कानूनी व्यवस्था अभावमा तस्करीले प्रश्रय पाउँदै आएको छ ।

 

 

 

निर्दे्शिकामा लफडा

 

अहिले मुलुकभर २५ हजारभन्दा बढी सुनचाँदी व्यवसायी छन् । तर, तिनलाई नियमन गर्ने कानूनी व्यवस्था अभावमा मनमौजी ढंगले चलिरहेको छ , कारोबार । अनुगमन पनि चार वर्षयता शून्य छ । ‘सुनचाँदी निर्दे्शिका नहुँदा त्यसले सरकार र उपभोक्तालाई भन्दा धेरै असर हामी व्यवसायीहरुलाई नै परिरहेको छ ,’ महासंघका अध्यक्ष सुनार भन्छन् ।

 

निर्दे्शिाबिना अनुगमन गर्ने अधिकार सरकारलाई नभएको उनको दाबी छ । व्यवसायीको आरोप छ, सरकार स्वयंले निर्दे्शिका ल्याउन चाहेको छैन । ‘गत वर्ष सरकारले निर्दे्शिका जारी गर्ने गृहकार्य गर्दा हामीले आफ्ना असहमतिका बुँदा सरकारलाई दियौं तर सरकारले ती सबै समेटेर निर्दे्शिका ल्याउनै चाहेन,’ महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य भन्छन् ।

 

निर्दे्शिका नआएसम्म सरकारले अनुगमन र कारवाही नगर्ने सहमति भएको शाक्यको दाबी छ । सरकारी अनुगमन नदेखिँदा व्यवसायीमाथि प्रतिस्पर्धात्मक बजार मान्यताविपरित कार्टे्लिङ गरेर बढी मूल्य लिएको, गुणस्तरमा ध्यान नदिएकोजस्ता आरोप लाग्दै आएका छन् ।

 

‘हामी आफैंले जारी गरेको आचारसंहिताका आधारमा नियन्त्रित छौं,’ महासंघ अध्यक्ष सुनार भन्छन् । महासंघका निवर्तमान अध्यक्ष शाक्य निर्दे्शिका ल्याउने क्रममा व्यवसायीको सहभागितालाई ‘बाइपास’ गर्न खोजिएका कारण यसमा ढिलाइ भएको बताउँछन् ।

 

मारमा उपभोक्ता

 

सरकार र व्यवसायीको अनिर्णयको मारमा भने उपभोक्ता पर्दै आएका छन् । तत्कालीन वाणिज्य विभागले निर्दे्शिकासम्बन्धमा केही प्रयास थाले पनि त्यसपछिको प्रगतिबारे जानकारी नभएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठ बताउँछन् । भन्छन्, ‘आपूर्ति मन्त्रालयले यसको तयारी गरेको हो । हामीले प्राप्त अधिकारका आधारमा अनुगमन गर्दै आएका छौं ।’

 

 

गुणस्तर र नापतौलका आधारमा सुनचाँदीको अनुगमन भइरहेको उनको भनाइ छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी पछिल्लो समय निर्दे्शिका ल्याउने सम्बन्धमा कुनै प्रयास नभएको बताउँछन् । ‘आपूर्ति मन्त्रालयले गत वर्ष निर्दे्शिका ल्याउने प्रयास गरेको थियो तर जर्ति र ज्यालाका कारण जारी हुन सकेन, त्यसयता कुनै प्रगति भएको जानकारी मलाई छैन,’ उनी भन्छन् ।

 

सरकारी उदासिनता र व्यवसायीको गैरजिम्मेवारीपनका कारण निर्दे्शिका आउन नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । ‘सरकारले निर्दे्शिका ल्याउन र त्यसको परिपालनाका लागि व्यवसायीलाई जिम्मेवार बनाउनै सकेन । व्यवसायीले पनि अनेक बहानामा सरकारी अधिकारीहरुलाई प्रलोभनमा पारिरहेका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन् । उनको भनाइमा अहिले उपभोक्ताले खरिद गर्दा बढी मूल्य र आफूसँग भएको गहना बिक्री गर्नुपरे सस्तोमा जिम्मा लगाउनुपर्ने अवस्था छ । ज्याला, जर्ति, मिसावट आदिका नाममा सुनचाँदीमा उपभोक्ता ठगिनुपरेको उपभोत्तक्ता अधिकारकर्मीहरु बताउँछन् ।

 

निर्दे्शिकामा सुनचाँदीका गरगहनाको गुणस्तर तोकिएकै हुनुपर्ने, जर्ति गहना बनाउँदा टुक्रिएर खेर जाने सुन र ज्याला घटाउनुपर्ने सरकारी अडान छ । व्यवसायी भने अहिलेकै व्यवस्थालाई कानूनी मान्यता दिनुपर्ने पक्षमा छन् । दुई पक्षको आ आफ्नो अडानका कारण निर्दे्शिका अन्योलमा पर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।